Khabarpato logo

कला/साहित्य

तुलसीहरिको 'न्यूरोडका झाँकी' बजारमा

खबरदाता

खबरदाता

तुलसीहरिको 'न्यूरोडका झाँकी' बजारमा

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्व बजारमा पुर्‍याउन आवश्यक भएको बताएका छन् । उनले नेपाली साहित्य उत्कृष्ट हुँदाहुँदै पनि ओझेलमा पर्नुका पछाडि अन्तर्राष्ट्रिय पाठक समक्ष पुग्न नसक्नु कारण रहेको धारणा राखे ।

लघुकथा समाज नेपाल र शिखा बुक्सद्वारा पाटनस्थित जोशीकै निवासमा स्थापित लोक साहित्य भवनमा बुधबार आयोजित साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाको नवीनतम् कथासङ्ग्रह ‘न्यूरोडका झाँकी’को विमोचन समारोहमा उनले सो कुरा बताएका हुन् । नेपाली कथा साहित्यको ढिलो गरी विकास भएको भए पनि पछिल्लो चरणमा आएर कथाका क्षेत्रमा उल्लेख्य उन्नति भएको भन्दै जोशीले कोइरालाको ‘न्यूरोडका झाँकी’भित्रका कथामा परिवर्तित समाज र परिवेशका कथा भएको बताए ।

समारोहमा कोइरालाका कथामाथि समीक्षात्मक टिप्पणी व्यक्त गर्दै प्रा.डा. कुमारप्रसाद कोइरालाले थोरै मात्र कथाकारले पात्रको चरित्र चित्रणमा केन्द्रित भएर कथा लेख्ने गरेको पाइएको भन्दै तुलसीहरिका कथामा यो विशेषता प्रखर भएर आएको धारणा राखे । ग्रामीण परिवेश, मधेस र काठमाडौँका त्रिपरिवेशीय पात्रलाई टिपेर कथा सिर्जना गरिएकाले पाठकप्रिय कथासङ्ग्रह आएको उनको भनाइ थियो ।

२ सत्रमा आयोजित उक्त समारोहको पहिलो सत्रमा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष जोशीले लघुकथा समाजद्वारा स्थापित ‘बाटुली-खिलध्वज लघुकथा सम्मान, २०७७’ लघुकथाकार ध्रुव मधिकर्मीलाई प्रदान गरेका थिए । उक्त सम्मानमा सम्मानपत्रसहित नगद राशि १५ हजार १ रुपैयाँ थियो ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तित्व ध्रुव मधिकर्मी, पुरस्कार गुठीका तर्फबाट सानुभाइ पण्डित र साहित्यकार मणि लोहनीले पनि बोलेका थिए ।

शिखा बुक्सद्वारा प्रकाशित ‘न्यूरोडका झाँकी’मा १९ वटा कथा सङ्गृहीत छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि