Khabarpato logo

         

राजनीति

पेचिलो बन्दै एमाले किचलो, माधव खेमाले बोलायो आफू पक्षीय सांसदको बैठक

खबरदाता

खबरदाता

पेचिलो बन्दै एमाले किचलो, माधव खेमाले बोलायो आफू पक्षीय सांसदको बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको 'जुँगाको लडाइँ' झनझन् पेचिलो र जटिल बन्दै गएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट माधवकुमार नेपाल खेमाका नेता तथा सांसदलाई फटाफट कारबाही गरिरहेका छन् भने माधव खेमा पनि ओलीविरोधी गतिविधि तीब्र बनाइरहेको छ ।

अहिले एमालेमा भइरहेको रमिता हेर्नलायक बनेको छ तर देश र जनताका लागि भने घातमाथि घात भइरहेको टिप्पणी जनस्तरबाट नै हुन थालेको छ ।

यसैबीच केही केन्द्रीय नेता तथा प्रदेश सांसदलाई आफ्नोविरुद्ध लागेको झोँकमा कारबाही गरेका अध्यक्ष ओलीले आज पुनः संघीय संसदका २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

ओलीका पछिल्ला कदमले आफ्नाविरोधीलाई हरहालतमा पार्टीबाट पाखा लगाउने र पार्टीमा आफ्नो बर्चस्व कायम गर्ने नियत प्रस्ट पारेको छ ।

ओलीका एकपछि अर्का आफ्नो खेमाविरोधी 'एक्सन'को प्रतिकारका लागि रणनीति बनाउन नेकपा एमालेका नेता माधवकुमार नेपाल खेमाले आफू पक्षधर सांसदहरूको बैठक बोलाएको छ ।

बैठक आजै बानेश्वरस्थित अर्याल होटलमा बस्दै छ ।  

अध्यक्ष ओलीले पार्टीको नाम र चिह्न दुरूपयोग गरेर समानान्तर गतिविधि गरेको भन्दै नेपालसहित प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ सांसद गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

माधव खेमाले ओलीविरोधी गतिविधि जारी राखेको छ भने ओलीले माधव खेमामाथि स्पष्टीकरण/कारबाहीका प्रहार पनि गरिरहेका छन् । एमालेको यो किचलोले देश र जनतालाई कति नोक्सानि गरेको छ भन्ने लेखाजोखा आमजनले गरिरहेका सर्वसाधारणको मत सार्वजनिक हुन थालेको छ तर एमाले नेतृत्वलाई यसबारे कुनै चिन्ता र चासो देखिँदैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…