Khabarpato logo

         

राजनीति

हल्लियो लुम्बिनीमा 'शंकर-सत्ता', अविश्वास प्रस्ताव दर्ता

खबरदाता

खबरदाता

हल्लियो लुम्बिनीमा 'शंकर-सत्ता', अविश्वास प्रस्ताव दर्ता

सत्तारुढ नेकपा एमालेभित्रको किचलो तथा माओवादी केन्द्र र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको टकरावका कारण केन्द्रमा मात्र नभएर प्रदेश सरकारमा समेत धक्का पुगिरहेको छ । केही दिनअघि मात्र कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएर ढुक्क बनेका छन् ।

प्रदेश सरकारमा अझै अविश्वासको प्रस्ताव आउन थालेका छन् । अविश्वासको प्रस्ताव आउने त्रासले केही दिनअघि गण्डकी प्रदेशसभाको अधिवेशन रातारात अन्त्य गरियो भने हिजो मात्र प्रदेश १ को अधिवेशन पनि अन्त्य गरिएको छ । 

यसबीच आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धनले सोमबार मुख्यमन्त्री पोखेरलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालयमा कांग्रेस, माओवादी र जसपाका ४१ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन् । १ सिट रहेको जनमोर्चाले पनि अविश्वास प्रस्तावमा समर्थन जनाए पनि हस्ताक्षर भने गरेको छैन ।

अविश्वास प्रस्ताव दर्तासँगै मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी सोनामलाई प्रस्ताव गरिएको छ ।

केसी मुख्यमन्त्री पोखरेलको आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । अविश्वास प्रस्ताव दर्तासँगै माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…