Khabarpato logo

         

राजनीति

सभामुखप्रति किन आक्रामक र आक्रोशित छन् प्रधानमन्त्री ओली ?

खबरदाता

खबरदाता

सभामुखप्रति किन आक्रामक र आक्रोशित छन् प्रधानमन्त्री ओली ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको द्वन्द्व सतहमा आएको छ । प्रधानमन्त्री र सभामुखको टकरावका कारण संसदले सहज ढंगले काम गर्न सकेको छैन भने सरकारले संसदलाई विजनेस नदिएर पंगु बनाउने खेल पनि चलिरहेको छ ।

विश्लेषकहरूका अनुसार यही टकरावका कारण प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरिरहेका छन् । ओली संसद बैठकमा उपस्थित हुन रुचि गरिरहेका छैनन् । उनको अनुपस्थितिका कारण प्रतिनिधिसभाको अस्तित्वलाई ओलीले स्वीकार नगरेको टिप्पणी पनि हुन थालेको छ । 

त्यसो त सभामुखले पनि सदनका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आलोचनासमेत भइरहको छ । संसदप्रति उत्तरदायी हुनुपर्ने सरकारका प्रमुखले नै संसदलाई बेवास्ता गरिरहँदा सरकार (प्रधानमन्त्री)लाई संसदप्रतिको जिम्मेवारीबोध गराउन नसकेको भन्दै सभामुखको आलोचना भएको हो ।

पछिल्लो समय प्रधानमन्त्री ओली सभामुख सापकोटाविरुद्ध निकै आक्रामक र आक्रोशित देखिएका छन् । ओलीले सार्वजनिक मंचबाटै सभामुख सापकोटालाई 'अराजक' र 'अनैतिक'को आरोपसमेत लगाउँदै आएका छन् ।

शनिबार बालुवाटारमा ओलीले बोलाएको सर्वदलीय बैठकमा सभामुखप्रति ओलीले दिएको अभिव्यक्तिले पनि प्रस्ट पार्छ कि प्रधानमन्त्रीका 'स्वार्थ' र 'नियत' पूरा गरिदिन सभामुख सापकोटा बाधक बनिरहेका छन् । एमसीसीलगायतका रोकिएका काम सभामुखकै कारण रोकिएका ओलीको आसय छ ।

यस कारण पनि ओली सभामुख सापकोटालाई हटाउने मनसायमा देखिएका र सोहीअनुसारका व्यवहार गरिरहेका राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…