Khabarpato logo

         

स्वास्थ्य

सीसीएमसीले पुनः गर्‍यो वैशाखभर विद्यालय बन्दको सिफारिस, सरकारले गर्ला त कार्यान्वयन ?

खबरदाता

खबरदाता

सीसीएमसीले पुनः गर्‍यो वैशाखभर विद्यालय बन्दको सिफारिस, सरकारले गर्ला त कार्यान्वयन ?

फाइल फोटो

पछिल्लो समय कोरोनाको दोस्रो चरण सुरु भएसँगै फैलिएको त्रासलाई न्यूनीकरण गर्ने र संक्रमण नियन्त्रणका उपाय अपनाउनेबारे सरकार र सम्वद्ध निकाय र विज्ञहरू केन्द्रित भएका छन् । सरकारले गठन गरेको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही समयअघि नै ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । तर, निजी विद्यालय संचालकहरूको दबाबमा परेर सरकारले उक्त सिफारिस कार्यान्वयन गर्न सकेन ।

आज पनि सीएमसीले शहरी क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

शनिबार दिउँसो सिंहदरबारमा बसेको बैठकले यस्तो सिफारिस गरेको हो । तर, सीसीएमसीले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णयअनुसार हुने निर्णय गरेको छ ।

सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयन हुनेछ। पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपनि स्वास्थ्य मन्त्रालले बारम्बार विद्यालय बन्द गर्न सरकारलाई अनुरोध गरेको भए पनि सरकारले उक्त अनुरोध सुनेको छैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…