Khabarpato logo

         

राजनीति

सर्वदलीय बैठकको नियत: भनियो कोरोनाबारे छलफल, गरियो एमसीसीबारे बहस

खबरदाता

खबरदाता

सर्वदलीय बैठकको नियत: भनियो कोरोनाबारे छलफल, गरियो एमसीसीबारे बहस

फाइल फोटो


प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठक कोरोना कहरबारे छलफल गर्न भनिए पनि अन्तत: संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने विषयमा केन्द्रित बन्यो । शनिबार बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमसीसी सम्झौता पास गर्न आग्रह गरे पछि सर्वदलीय बैठकको 'नियत' प्रस्टिएको हो ।

उनले उक्त समझौता संसदबाट पास गर्ने प्रक्रिया रोकेको भन्दै सभामुखप्रति अराजक र अनैतिक भन्दै आक्रोश पनि पोखे ।

एमसीसी पास गर्ने कि नगर्ने भन्ने अधिकार संसदलाई भएको तर सभामुखले उनमा हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न खोजेको बैठकमा उपस्थित दलका प्रतिनिधिको धारणा थियो ।

सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भन्ने साझा धारणा आएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरू सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…