Khabarpato logo

कला/साहित्य

फूलको हत्या

आकाश शर्मा

आकाश शर्मा

फूलको हत्या

घनघोर रात बिर्सिएर
शीत र सिरेटो
ताराको बिलाप
कीराको कर्कश संगीतमा
भ्यागुत्ताको भद्दा गीत
काखमै खसेको तुसारो
साना कोपिलाहरू
सुनौलो बिहानीसँगै
सुन्दर जीवन हुर्किने आसमा
एक सर्को हौसिँदै
एक उछाल खुसी
उफ्रिनै लागेका थिए
तिमी आइपुग्यौ ।

सपना थिए
कोपिला फक्रिएको हेर्नै थियो
दिवसको आँगनमा बसेर
अस्तिका तिमी प्रदत्त
कालकष्टयुक्त अतीतका
सन्ताप भुलेर
शीत सुकाउँदै
हाँसो ठट्टा बाँड्दै
फाटेको टाल्दै
खुम्चिएको सोझ्याउँदै
भोलि उन्ने तान लगाएर
एकैछिन लोलाउदै
सपरिवार घाम पिउनै लाग्दा
हातमा कर्द लिएर
तिमी फेरि आइपुग्यौ ।

नुहाइधुवाइ गरेर
थान लिपपोत गरी 
मूर्ति मस्काएर टल्काईकन
आफ्नो आनन्द प्राप्तिहेतु
स्वार्थ संकीर्ण पूर्तिहेतु
स्वयंको समृद्धि फुलाउन
मलाई च्यातचुत पारेर चढाउन 
सफा धोती बेरेर
देवनाम फत्फताउँदै
दुवै पाउमा अडिएको 
श्रेष्ठ श्रव्यदृष्टियुक्त 
उच्चचेत बुद्धि अपेक्षित 
सुन्दर शरीर घिसार्दै
मेरो काल बनेर
मेरा कोपिलालाई अनाथ बनाउन
मेरो गर्धन निमोठ्न
बलिष्ठ हातमा सानो कर्द बोकेर
तिमी फेरि आइपुग्यौ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि