Khabarpato logo

         

स्वास्थ्य

विद्यालय बन्द गर्न सरकार लाचार बनेपछि महानगर तात्यो

खबरदाता

खबरदाता

विद्यालय बन्द गर्न सरकार लाचार बनेपछि महानगर तात्यो

कोरोनाको दोस्रो लहर सुरु भएसँगै बालबालिकामा संक्रमण बढी देखिएपछि विद्यालय ३ साता बन्द गर्ने सीसीएमसीको सिफारिस कार्यान्वयनमा सरकार पछि हट्यो । निजी विद्यालय संचालकको दबाबमा विद्यालय बन्द गर्नबाट पछि हटेको सरकारले लाचारीवश बरु विद्यार्थीलाई विद्यालय नजान भन्यो ।

यसबीच काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय नजान अपिल गरेपछि महानगरले शिक्षा समितिको बैठक बोलाएको छ ।

विद्यालय बन्द गर्ने र खोल्ने अधिकार केन्द्र सरकारले स्थानीय तहलाई दिएको छ । सरकारले १४ जिल्लालाई कोरोना अतिप्रभावित जिल्ला घोषणा गरेको छ । ती जिल्लाका स्थानीय तहहरू पनि विद्यालय बन्द गर्नेबारे छलफलमा जुटेका बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जम्मा संक्रमितको १५ प्रतिशत संक्रमित विद्यालय जाने उमेर समूहका छन् । जोखिम बढेपछि कतिपय अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…