Khabarpato logo

         

राजनीति

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग

खबरदाता

खबरदाता

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग

गण्डकी प्रदेशसभा अधिवेशन सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अकस्मात अन्त्य गरिदिएपछि आक्रोशित बनेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।

विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने उनीहरूले निर्णय गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू विशेष अधिवेशन आह्वानको निर्णय गरी प्रदेश प्रमुखलाई भेट्न गएका बताइएको छ । 

प्रदेशसभा सचिवालयमा आजै दर्ता गरेको अविश्वासको प्रस्तावमाथि अब छलफल हुन नसक्ने हुँदा नेपालको संविधानको धारा १८३ को उपधाराबम्मोजिम विशेष अधिवेशन बोलाउन माग गरिएको प्रदेश प्रमुखलाई बुझाउन तयार पारिएको पत्रमा उल्लेख छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेससभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…