अरुण भ्याली हाइड्रोले हकप्रद शेयर निश्कासन गर्ने मिति ताेक्यो
अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो ६ वैशाख २०७८ देखि कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १०:५ प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने भएको छ ।
कम्पनीले विद्यामान चुक्ता पुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत अर्थात् ५२ लाख ४१ हजार १९७ कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हकप्रद निश्कासन गर्नेछ ।
कम्पनीको बुक क्लोजभन्दा अघि अर्थात् ९ चैतभन्दा अघि शेयर किनेका शेयरधनीहरूले हकप्रदका लागि आउँदो २६ वैशाखमा बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ । काठमाडौँको थापाथलीस्थित ट्रेड टावरमा रहेको अरुण भ्याली हाइड्रोपावरको कम्पनी, हात्तीसारस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरू तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन् । त्यस्तै, सीडीएससी एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरोशेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।