Khabarpato logo

         

राजनीति

सरकारको वैधतामाथि प्रश्न: 'प्रधानमन्त्रीलेे किन लिएनन् विश्वासको मत ?'

खबरदाता

खबरदाता

सरकारको वैधतामाथि प्रश्न: 'प्रधानमन्त्रीलेे किन लिएनन् विश्वासको मत ?'

फाइल फोटो

आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइदेखि म्यान्मारमा भएको मानवअधिकार हननसम्मका विषयमा केन्द्रित भयो ।

बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआएको विषयलाई व्यंग्य गर्दै केही दिनअघिको आफ्नो सुरक्षा खतराबारेको अभिव्यक्तिलाई लिएर ओलीको ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो ? भनेर प्रश्न गरे ।

प्रधानमन्त्रीको सुरक्षाबारेको अभिव्यक्ति गम्भीर विषय भएको भन्दै बडूले सुरक्षा खतरा नभए प्रधानमन्त्रीले देशको सुरक्षा संयन्त्रप्रति दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताए ।

 यो विषय गम्भीर भएकाले यसबारे प्रधानमन्त्री, गृहमन्त्री वा सरकारका प्रवक्ताले संसदमा जबाफ दिनुपर्ने बडूको भनाइ थियो ।

आजको बैठकमा जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइको विषय पनि उठेको छ । कांग्रेस र एमालेका केही सांसदले चौधरीको रिहाइको माग गरे ।

२०७२ भदौमा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित ६ र सशस्त्र प्रहरीका २ गरी ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो । उक्त घटनामा अदालतबाट दोषी ठहर भएका सांसद रेशम चौधरीसहित नेताहरू जेलमा छन् ।

तर, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भने रेशम चौधरीलाई रिहा गर्न नहुने बताइन् । उनले चौधरीलाई रिहा गरेमा गलत नजिर बस्ने दाबी गरिन् ।

आजको बैठकमा म्यान्मारमा भइरहेको नरसंहार र मानवअधिकार हननबारे पनि प्रश्न उठेको छ । कांग्रेस, जसपालगायतका सांसदले म्यान्मारमा भइरहेको नरसंहार अमानवीय र निन्दनीय रहेको बताउँदै त्यहाँ निर्वाचित सरकारको पुनर्बहाली र प्रजातन्त्रवादी नेतृ आङ साङ सु कीको रिहाइको माग गरे । त्यहाँको नागरिक आन्दोलनको पक्षमा विश्वभरका नागरिकले ऐक्यबद्धता जनाउन तथा नेपालका सांसद र सरकारले बोल्न जरुरी रहेको पनि उनीहरूले बताए ।

बैठकमा माओवादी केन्द्रले वर्तमान सरकारको वैधतामाथि नै प्रश्नसमेत उठाएको छ । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्नेमा हालसम्म नलिएको भन्दै माओवादी केन्द्रले प्रश्न उठाएको हो ।

प्रधानमन्त्री ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । यसो नगरे सरकारको वैधता सकिने उनको दाबी थियो ।

संविधानको धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…