Khabarpato logo

         

अपराध

७ नेपाली किशोरीहरू भारतको सीतामडीमा फेला

खबरदाता

खबरदाता

७ नेपाली किशोरीहरू भारतको सीतामडीमा फेला

भारतको सीतामढीमा ७ जना नेपाली किशोरीहरू फेला परेको सूचना पाएको प्रहरीले जनाएको छ ।

ती किशोरीहरू मंगलबार महोत्तरी जिल्लाको भंगहा नगरपालिकाबाट बेपत्ता भएका ७ जना किशोरीहरू हुन सक्ने भन्दै नेपाल प्रहरीको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रहरीका अनुसार उनीहरू भारतको सीतामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको सूचना प्राप्त भएको थियो ।

फेला परेका किशोरीहरू भंगाहा नगरपालिकाबाट हराएकै किशोरीहरू हुन् या होइनन् भन्ने यकिन भई नसकेको बताइएको छ ।

सँगै घाँस काट्न गएका भंगहा नगरपालिका- ७ धर्मपुरकी १८ वर्षीया अस्मिता पासवान, १८ वर्षकै नगिना पासवान, १५ वर्षीया रिया पासवान, १५ वर्षकै अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रन्जना पासवान र अर्की १० वर्षकै सीमा पासवान सँगै बेपत्ता भएका थिए ।

उनीहरूलाई अहिले भारतीय प्रहरीको निगरानीमा राखिएको र उनीहरूलाई भारतसम्म पुर्‍याउन के प्रयोजनका लागि कसले समन्वय गर्‍यो भन्ने कुराको अनुसन्धान भइरहेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…