Khabarpato logo

         

समाचार

पत्रकार महासंघ चुनाव : 'स्वतन्त्र'देखि वागीसम्म १६५ जना उम्मेदवार, दलका कार्यकर्ता 'पत्रकार'को संख्या बढी

खबरदाता

खबरदाता

पत्रकार महासंघ चुनाव : 'स्वतन्त्र'देखि वागीसम्म १६५ जना उम्मेदवार, दलका कार्यकर्ता 'पत्रकार'को संख्या बढी

नेपाली पत्रकारहरूको 'साझा' संगठन नेपाल पत्रकार महासंघको आगामी २५ चैतमा हुने चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् ।

महासंघको आगामी नेतृत्वका लागि सत्तापक्ष पक्ष र विपक्षका पार्टीसम्बद्ध भ्रातृसंगठनका 'पत्रकार'को छुट्टाछुट्टै प्यानल निर्माण भएका छन् । यसका अतिरिक्त केहीले पार्टी/संगठनको आधिकारिक उम्मेदवारी नपाएपछि 'स्वतन्त्र' र 'वागी' उम्मेदवारी दिएका छन् ।

अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी ४ जना उम्मेदवार रहेका छन् । मनोनयन गरेका दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् । शर्मा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालको नेतृत्वको गठबन्धनकी उम्मेदवार हुन् भने पोख्रेल कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियन नेतृत्वको माओवादी केन्द्रको भ्रातृ संगठन प्रेस सेन्टर नेपालसहितको गठबन्धनका उम्मेदवार हुन् ।

बुढाथोकी 'स्वतन्त्र' उम्मेदवार हुन् भने दाहालले युनियनले उम्मेदवार नबनाएपछि 'वागी' हालेका हुन् ।

यसरी नै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । नेपाल प्रेस चौतारीका उम्मेदवार हुन् भने विष्ट र दाहाल युनियन आवद्ध हुन् । विष्ट यसअघि महासचिव र दाहाल सचिव रहिसकेका हुन् । यसै पदमा उम्मेदवारी दर्ता गराएका ध्रुव लम्सालले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् । केसी चौतारी आवद्ध हुन् भने अन्य 'नखुलेका' दलका प्रतिनिधि हुन् ।

महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । बस्नेत प्रेस चौतारीका उम्मेदवार हुन् भने पुरी युनियन-सेन्टर गठबन्धनका उम्मेदवार हुन् । गौतमले 'स्वतन्त्र' उम्मेदवारी दिएका हुन् । यसै पदमा उम्मेदवारी दिएका राजेश मिश्रले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव (मधेस)मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसरी नै प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बाग्मती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७/७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना, सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।

उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश (एसोसिएट)मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य (मधेसी)मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस-आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, २ जना आदिवासी जनजाति सदस्य (१ महिला अनिवार्य)का लागि ६ जना, २ जना दलित सदस्य (१ महिला अनिवार्य)का लागि ९ जना, २ जना मधेशी सदस्य (१ महिला अनिवार्य)का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।

लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३/३ जनाले उम्मेदवारी दिएका छन् ।

यस पटक सबै साधारण सदस्यले मतदान गर्न पाउने प्रावधान रहेकाले को कसले बाजी मार्छन् भन्ने आँकलन गर्न गाह्रो छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…