Khabarpato logo

         

राजनीति

प्रचण्डद्वारा पुनरावलोकनको निवेदन दर्ता

खबरदाता

खबरदाता

प्रचण्डद्वारा पुनरावलोकनको निवेदन दर्ता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) ले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरू मंगलबार दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् । 

अध्यक्ष दाहालका अतिरिक्त उक्त पार्टीका नेताहरू वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका थिए ।

अध्यक्ष दाहालले निवेदन दर्ता गराएपश्चात्  सञ्चारकर्मीहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएको जनाउदै एकताबद्ध भइसकेका दलहरूलाई विभाजित गर्ने निर्णयमा आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको बताएका थिए ।

केही दिनअघि बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा कानुन व्यवसायीसमेत रहेका सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानुन व्यवसायीले सर्वोच्चको फैसलाउपर पुनरावकलोमा जान सुझाव दिएका थिए ।

अब सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निस्सा प्रदान गरेमा पुनरावलोकनको प्रक्रिया अगाडि बढ्ने छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…