Khabarpato logo

         

राजनीति

आपराधिक क्रियाकलाप गरेको आरोपमा माधव नेपाल र भीम रावल ६ महिना निलम्बित

खबरदाता

खबरदाता

आपराधिक क्रियाकलाप गरेको आरोपमा माधव नेपाल र भीम रावल ६ महिना निलम्बित

नेकपा एमालेका असन्तुष्ट खेमाका नेताहरू वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई एमालेले कारबाही गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवैलाई पार्टी सदस्यबाट निलम्बन गरेकाे हो ।

नेपाल र रावललाई स्पष्टीकरण सोध्दा त्रुटि स्वीकार नगरेको, आत्मसमीक्षा नगरेको र आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको भन्दै निलम्बन गरिएको कारबाहीको जानकारी दिइएको पत्रमा उल्लेख छ ।

निलम्बन गरिएको पत्रमा ओलीले स्पष्टीकरणमा सोधिएको अनुसार भूल, त्रुटिको स्वीकारोक्ति नगरेको र आत्मसमीक्षा नगरेको तथा आत्मालोचना गर्ने कुनै प्रवृत्ति देखिएको उल्लेख गरेका छन् । अध्यक्ष ओलीले नेता नेपाललाई आफ्नो स्वार्थका लागि आपराधिक मनोवृत्ति देखिएको आरोप पनि लगाएका लगाएका छन् ।

'स्पष्टीकरण सोधिएअनुसार भूल, त्रुटिको स्वीकारोक्ति नगरिएको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार, आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रूपमा देखियो । आफ्नो स्वार्थको लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रूपमा थप पुष्टि भएको' निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले पार्टीभित्र गरेका गुटगत भेलालाई आपराधिक क्रियाकलाप भन्दै ओलीेले प्रायश्चित गर्ने अवसर नेता नेपालले उपयोग नगरेको बरु स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले अहिलेको कारबाहीलाई सच्चिने अन्तिम मौकासमेत भनेका छन् । 

पत्रमा पार्टीविरोधी गतिविधिहरू कायम रहेका जनुसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत गराइएको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…