नेप्से झिनो अंकले घट्दा यी हुन् कमाउने कम्पनीहरू
सोमबार नेप्से परिसूचक ५.४५ अंक घटेर २५४३.५२ विन्दुमा पुगी रोकिएको छ ।
यस दिन ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । गत बिहीबारको तुलनामा यस दिन कारोबार रकममा पनि कमी आएको छ । गत बिहीबार साढे ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
२०९ वटा कम्पनीको कारोबार भएकामा ४ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड तथा समिट माइक्रोफाइनान्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यीसँगै ७४ वटा कम्पनीहरूको शेयर मूल्यमा वृद्धि भएको छ । निरन्तर सकारात्मक सर्किट लाग्दै मूल्य वृद्धि भइरहेको चन्द्रागिरि हिल्सको शेयर मूल्य भने यस दिन ७.१७ प्रतिशतले घटेको छ । यससँगै ९३ वटा कम्पनीकाे शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
खरिदबिक्री रकममा ४४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भई निफ्रा सबैभन्दा अघि छ । यसैगरी बढी कारोबार हुने कम्पनीहरूमध्ये दोस्रोमा अपर तामाकोसी र तेस्रोमा चन्द्रागिरि हिल्स परेका छन् ।