Khabarpato logo

         

राजनीति

रेशम चौधरीको रिहाइलगायत मागमा वार्ता गर्ने टोलीको संयोजक गृहमन्त्री थापा

खबरदाता

खबरदाता

रेशम चौधरीको रिहाइलगायत मागमा वार्ता गर्ने टोलीको संयोजक गृहमन्त्री थापा

रेशम चौधरीको रिहाइलगायत थारू कल्याणकारी सभा, थरूहट–थारूवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका विभिन्न १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सोमबार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त वार्ता टोलीले आजैदेखि काम सुरु गर्ने पनि बताए ।

उक्त टोलीका सदस्यहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।

केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डला पुगेर सरकारले वार्तामार्फत नै थरूहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रदेश विभाजनका क्रममा असन्तुष्ट थारू समुदायले ७ भदौ २०७२ मा गरेको आन्दोलनमा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । उक्त घटनाको योजनाकार भएको भन्‍दै कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएकामा दिपायलस्थित उच्च अदालतत्ले सुरु जिल्ला अदालतको उक्त फैसलालाई सदर गरिसकेको अवस्था छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…