Khabarpato logo

         

स्वास्थ्य

चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुग्दै

खबरदाता

खबरदाता

चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुग्दै

चीनले उपलब्ध गराएको सहायता सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज आइतबार साँझ चीन गएको छ । कोरोनालगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल गएको निगमले जनाएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार उक्त जहाज बेइजिङबाट स्थानीय समयअनुसार अपराह्न साढे ४ बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । उक्त जहाज राती साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

गत १ चैतको मन्त्रिपरिषद्को बैठकले मित्र राष्ट्र चीनले प्रदान गर्ने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने ८ लाख मात्रा कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज चीन गएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्त्वपूर्ण कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरूप आन्तरिक तयारी पूरा भएको निगमले उल्लेख गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…