Khabarpato logo

         

राजनीति

सरकार प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्दै, ३ दर्जन विधेयक अलपत्र

खबरदाता

खबरदाता

सरकार प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्दै, ३ दर्जन विधेयक अलपत्र

पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन गत २३ फागुनदेखि चलिरहेको छ । अधिवेशनका लागि सरकारले विजनेस दिन नसक्दा अलमलमा परिरहेको र सांसदरूले आएर जोक गर्दै चिया-चमेना गरेर फर्किनमा नै सीमित भएको छ ।

यसबीच सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यको तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । 'विधेयक अधिवेशन' भनेर बुझिने यस अधिवेशनमा कुनै पनि विधेयक पास हुन सकेका छैनन् ।

पहिला नै पास गरिनुपर्ने केही अत्यावश्यक विधेयकहरू त्यतिकै अड्किएर बसेका छन् । झन्डै ३ दर्जन विधेयक अड्किएर बसेका संसद स्रोतले जानकारी दिएको छ । कतिपय विधेयकहरू विषय समितिले पास गरिसकेका छन् भने कति छलफलका क्रममा छन् । तर, यी विधेयकका विषयमा कुनै चासो नदिई सरकार प्रतिनिधिसभा अधिवेशन अन्त्यको तयारीमा लागेपछि अब यी विधेयक पुन: अलमलमा पर्ने निश्चित भएको छ र

गत १७ पुसभित्र सुरु हुनुपर्ने यो अधिवेशन ५ पुसमै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि हुन सकेको थिएन । सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटनलाई बदर गरिदिएपछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ ।

संवैधानिक प्रावधानअनुसार नै १५ जेठमा बजेट ल्याउनुपर्नेछ । 'वर्षे अधिवेशन; भनेर बुझिने उक्त अधिवेशनमा सरकारका नीति र कार्यक्रम प्रस्तुत गर्ने र बजेट पास गर्ने मुख्य काम हुन्छन् ।

प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यता पनि सरकारलाई छ किनभने वैशाखमा पुन: वर्षे अधिवेशन गर्नु नै छ । तर, हिउँदे वा विधेयक अधिवेशनले गर्नुपर्ने कामहरू यस अधिवेशनमा नहुँदा धेरै कुराहरूमा असर पर्ने विज्ञहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…