Khabarpato logo

         

राजनीति

प्रधानमन्त्री-सभामुख भेट : शुभ संकेत हो त ?

खबरदाता

खबरदाता

प्रधानमन्त्री-सभामुख भेट : शुभ संकेत हो त ?

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बताइएको छ । 

शिष्टाचार भेट भनिएको उक्त भेटमा संघीय संसद्लाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधि र संसद्‍मा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूबारे छलफल भएको बताइएको छ । भेटघाट बिहान ११ बजेदेखि भएको थियो । 

लामो समयपछि भएको प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको एक्लाएक्लै भेटका क्रममा सभामुखले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधिसभा विघटन गर्ने कदम र संवैधानिक परिषद्‍सम्बन्धी विधेयकका विषयमा २ जनाबीचमा विवाद रहँदै आएको थियो । सभामुख सापकोटाले संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेशविरुद्ध प्रधानमन्त्री ओलीसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिटसमेत हालेका थिए । दुवैले एकअर्काप्रति शब्दबाण पनि प्रयोग गर्ने गरेका थिए । 

यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाका बीचको भेटघाट अर्थपूर्ण रहेको विश्लेषकहरूको राय छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…