Khabarpato logo

         

राजनीति

केही दिनमा समर्थन फिर्ता, महन्थजीहरू आउनुहोस् : प्रचण्ड

खबरदाता

खबरदाता

केही दिनमा समर्थन फिर्ता, महन्थजीहरू आउनुहोस् : प्रचण्ड

बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केेपी ओलीलाई 'दाह्रा किटेर' समर्थन कायम राखेको र केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । 

उनका अनुसार संसद विघटनलाई असंवैधानिक कदम भनेर सडकमा गएका दलहरूबाटै हतारमा समर्थन फिर्ता नलिन उनीमाथि जबर्जस्त दबाब रहेको छ । दबाबै भए पनि आफूले थेग्न नसक्ने बताउँदै आगामी केही दिनमै ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याएरै छाड्ने अध्यक्ष प्रचण्डको कथन छ ।

त्यस्तै, उनले जनता समाजवादी पार्टीलाई पनि ओलीलाई त्यागी आफूहरूसँग गठबन्धन गरेर सरकारमा जान आग्रह गरेका छन् । जसपालाई अस्ताउन लागेेेेका ओलीलाई छाडेर आउन भन्दै गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव पनि राखेका छन् ।

केपी ओली प्रवृत्ति मधेसको अधिकार र पहिचानविरोधी प्रवृत्तिका रूपमा स्थापित रहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले एक हप्ताभित्र मिलेर सरकार बनाउन सकिने अवस्थामा जसपा नेयाहरूलाई ओलीकहाँ किन धाउने ? भनेर प्रश्न गरे ।

ओलीलाई मधेसविरोधी भएको आरोप लगाएका प्रचण्डले मधेसका मुद्दा सम्बोधन गर्न आफूले २ पटक संशोधन प्रस्ताव लैजाँदा पास हुन नदिने केपी ओली नै भएको जानकारी गराए । 

उक्त कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…