Khabarpato logo

         

स्वास्थ्य

सतर्क रहौँ: काठमाडौँको आकाशमा बढ्यो प्रदूषित वायु

खबरदाता

खबरदाता

सतर्क रहौँ: काठमाडौँको आकाशमा बढ्यो प्रदूषित वायु

आज शुक्रबार अचानक काठमाडौँबासीका आँखा पोल्न थाले, श्वास फेर्नमा अवरोध महसुस भयो । धुम्म परेजस्तो, नखुलेको आकाश दिनभरजसो देखियो । 'के भइरहेको छ ? दिउँसै साँझ परेजस्तो भयो' भन्दै थिए मान्छेहरू ।

स्वास्थ्य मन्त्रालयले केहीबेर अगाडि विज्ञप्ति निकाल्‍दै घरबाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङ वाकमा नजान वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न अनुरोध गरेपछि प्रस्ट भयो- वास्तवमा काठमाडौँको आकाशमा आज निकै वायु प्रदूषण रहेछ ।

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत म्न्त्रालयले सचेत गराएको छ ।

घरबाहिर निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्न तथा कोरोनाबाट बच्नका लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरू पालन गर्न/गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

धुवाँ, धुलो उड्ने ‍खालका पेसा, व्‍यवसाय र निर्माण कार्यहरू केही दिनलाई रोक्‍न र अत्यावश्‍यक नभई सवारी साधन नचलाउन पनि विज्ञप्तिमार्फत मन्त्रालयले आग्रह गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…