Khabarpato logo

         

अर्थ/वाणिज्य

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट : कसरी हेर्ने ?

खबरदाता

खबरदाता

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट : कसरी हेर्ने ?

आज शुक्रबार ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँट गरेको छ । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरेको हो । गत २१  फागुनदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ४४ हजार ६४५ को आवेदन रद्द भएको बताइएको छ ।

कायम भएका १७ लाख ९७ हजार ८३५ आवेदकलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये गोलाप्रथाबाट ५ लाख ९४ हजार लगानीकर्ताले १० कित्ताका दरले मात्र  शेयर पाएका छन् । यसरी आवेदन दिएकामध्ये १२ लाख ४८ हजार आवेदकले रित्तो हातमा चित्त बुझाउनुपरेको छ ।

उक्त कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निश्कासन गरेको थियो, जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने ३ लाख ३३ हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो ।

त्यसबाट बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । आईपीओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पुुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । उक्त कम्पनीको आईपीओको बिदाबाहेक कुल ६ दिन बिक्री खुला रहेको थियो ।

यसको नतिजा थाहा पाउनका लागि मेरोशेयर, सीडीएससीले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटमा गएरसमेत हेर्न सकिनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…