Khabarpato logo

         

राजनीति

रावलले पनि नेपालले जसरी नै उल्टै स्पष्टीकरण सोधे ओलीसँग (पत्रसहित)

खबरदाता

खबरदाता

रावलले पनि नेपालले जसरी नै उल्टै स्पष्टीकरण सोधे ओलीसँग (पत्रसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल खेमाका ४ जना नेतालाई सोधेको स्पष्टीकरणको जबाफ माधव नेपाल र भीम रावलले बुझाएका छन् । नेपालले हिजो १२ चैतमा १३ बुँदे स्पष्टीकरण बुझाउँदै उल्टै अध्क्ष ओलीमाथि विधान मिचेको, पार्टी नीति र अनुशासनमा अध्यक्ष स्वयं नचलेको भन्दै अध्यक्ष ओलीलाई नै स्पष्टीकरण दिन भनेका थिए ।

पार्टी उपाध्यक्ष भीम रावलले पनि पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । उनले बुझाएको स्पष्टीकरणपत्रमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नै प्रश्न उठाएका छन् ।

एमालेलाई एकतावद्ध बनाउन र मेलमिलाप कायम गर्न अध्यक्ष ओलीले नचाहेको रावलले अध्यक्ष ओलीमाथि आरोप लगाएका छन् ।

हिजो बुझाएको स्पष्टीकरणपत्रमा रावलले एमाले पुनःस्थापित भएपछि आफूसमेत एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरूबाट ओलीसमेतका नेताहरूसँग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउन गरिएको आग्रहलाई ओलीले अस्वीकार गरेको उल्लेख छ ।

१४ बुदाँमा ११ पेजमा प्रस्तुत गरिएको स्पष्टीकरणपत्रमा रावलले २ चैतमा धुम्बाराहीमा ओलीसमेत उपस्थित ओली निकटका नेताहरूसँग भएको र आफूसमेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरूको संरचना पार्टी एकीकरणपूर्वको स्थितिमा रहेको स्वीकार गरौँ र ओलीबाट २८ फागुनमा अवैधानिक रूपमा गरिएको निर्णय बदर गरौँ भन्दा ओलीले नमानेको पनि उल्लेख छ । 'यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?' भनेर रावलले उल्टै अध्यक्ष ओलीसँग स्पष्टीकरण सोधेका छन् ।

पूर्ण पाठ हेर्नुहोस् :

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…