Khabarpato logo

         

अपराध

नोट छाप्ने मेसिन र नक्कली नोटसहित २ जना पक्राउ

खबरदाता

खबरदाता

नोट छाप्ने मेसिन र नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बिहीबार सार्वजनिक गरेको हो ।

प्रहरीले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुराकीका आधारमा बुधबार राती पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेकाहरूले कीर्तिपुरस्थित एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट  खुलेको बताइएको छ । उनीहरूको साथबाट प्रहरीले एक हजार रुपैयाँ दरको ५१ थान, ५०० दरको ५७ थान, १०० दरको २ थान, प्रिन्टर १ थान, फोटोकपी पेपर, पेपर कटर १ थान, ल्यापटप १ थान र मोबाइल १ थानसमेत बरामद गरेको छ । 

पक्राउ परेका दुवै जनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…