Khabarpato logo

         

समाचार

२२१ समाचार


आणविक हतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गरेको छ: परराष्ट्रमन्त्री डा. खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्कालेनेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाइचाराको नीति अवलम्बन गरेको बताएका छन् । मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे । संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फबाट आज...


वर्षाका कारण एभरेस्ट प्रिमियर लिगका सोमबारका दुवै खेल रद्द

आइतबार हुने तय भएको पहिलो खेलमा काठमाडौं र विराटनगरले भिजेको मैदानका कारण अंक बाँड्दा दिउँसो हुने तय भएको भैरहवा र चितवनको खेलमा पुनः वर्षा भएपछि रद्दगरियो । यसअघि भैरहवाले आइतबार पोखरासँग वर्षाका कारण अंक बाँड्न बाध्य भएको थियो । भैरहवा...


एमालेका मुद्दा सम्बोधन नहुन्जेल संसद् अवरोध हुन्छ: महेश बस्नेत

नेकपा एमालेका सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा बस्नेतले एउटै दल सधैँ प्रतिपक्षमा नहुने, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्ने कुरामा ध्यान जानुपर्ने बताए। उनले कुनै दलले आफ्ना सांसद्लाई...


माओवादी केन्द्रले ६ कात्तिकदेखि ४ मंसिरसम्ममा टोल, वडा र पालिका सम्मेलन सक्ने

सत्तारुढ नेपाल कम्युनिस्टपार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानुनी जटिलता हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई अविलम्ब...


राष्ट्रियसभाले पारित गर्‍यो २ वटा विधेयक

राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक,२०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेसगरेका थिए ।छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले...


कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्दै विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी संचार माध्यमले जनाएअनुसार वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नकालागि भेला...


अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध

तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ । हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्न प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । उक्त निर्देशन उल्लंघन गरे जोकोहीलाई सजाय दिइने बताइएको छ । राजधानी...


दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन थालेको छ। सरकारले यस वर्षको...


परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उनीरूबीच नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै २ पक्षीय...


इजरायल रोजगारीका लागि एक हजार ६०० जना सिफारिस

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरूलाई छनोट गरेको हो । नेपालस्थित...


साताको पहिलो दिन नै शेयर बजार घट्यो

साताको पहिलो दिन नै शेयर बजार घटेको छ । आइतबार नेप्से सूचक ६१.२७ अंकले घटेको हो । आइतबार बजार घटेर सूचक २७५८.४८ अंकमा सीमित भएको छ । वाणिज्य बैंक र विकास बैंकहरूले लाभांश घोषणा गरिरहँदा पनि शेयर बजार घटेपछि लगानीकर्ता...


ओलीको दाबी: सरकारमा रहँदा असाधारण काम गर्‍यौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको बताउँदै ती काम लिएर जनतामा जान नेता, कार्यकर्तालाई निर्देशन दिएकाछन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकमा उठाइएका प्रश्नको जबाफ दिँदै ओलीले संविधान निर्माणपछि आफ्नो...


अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्नुपर्ने

रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरूसँगको सहकार्यबिना उनीहरूलाई राजनीतिक प्रक्रियामा ल्याउन संभव नभएको बताएकाछन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याए । त्यसैले यस...


गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको अध्यक्षमाकुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायतमा रहँदै आएका आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेरउम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा कुमार पन्तसँग पराजित आचार्यले केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै आफू अध्यक्ष भए गरिमा...


अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीले गरे संयुक्त राष्ट्रसंघलाई आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेको समाचारमा जनाइएको छ । उनले संयुक्त राष्ट्रसंघको ७६औँमहासभालाई सम्बोधन गर्दै...


चितवनले विराटनगरलाई २ विकेटले हरायो

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी- २०क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टीयूक्रिकेट मैदानमा विराटनगर वारियर्समाथि २ विकेटको जीत हात पार्दै चितवनले सुखद् सुरुवात गरेको हो । विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८...


सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार८९ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य...


अध्यादेशबारे तत्काल निर्णय गर्न र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब

सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजबसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिए। गठबन्धनमा संसदीय दल वा केन्द्रीय...


चिनियाँ विदेशमन्त्री वाङ र राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्लाबीच वार्ता

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् । मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड- १९ महामारीविरुद्धको लडाइँमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक...


२२ लाख ५० हजार कित्ता आईपीओ निश्कासन गर्दै न्यादी

न्यादी हाइड्रोपावर लिमिटेडले यही १५ असोजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै