Khabarpato logo

         

खेलकुद

विश्वकै महँगा खेलाडी रोनाल्डो, जो डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका थिए

आकाश शर्मा

आकाश शर्मा

विश्वकै महँगा खेलाडी रोनाल्डो, जो डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका थिए

डाक्टरले एभोर्सन गर्न नमानेपछि जन्मिएका रोनाल्डो

विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको एउटा निम्नवर्गीय परिवारमा जन्मिएका थिए । ५ वटा बेलोन डीओर अवार्ड जितिसकेका फुटबल खेलाडी रोनाल्डोलाई वर्तमान समयका सर्वश्रेष्ठ फुटबल खेलाडी र फुटबल खेलको इतिहासकै महान् खेलाडीका रूपमा चित्रण गर्ने गरिएको छ । 

रोनाल्डोको पूरा नाम क्रिष्टियानो रोनाल्डो डोस सान्टोस अभेइरो हो । उनका पिताको नाम मेरिअ डोलोरेस डोस सान्टोस भिभेरोस डा अभेइरो र माताको नाम जोस डिनिस अभेइरो हो । उनका पिता कुक थिए र माता मालीको काम गर्थिन् । उनका मातापिताका उनी चौथो र कान्छो सन्तान थिए । उनका एउटा दाजु र २ जना दिदीहरू छन् ।

रोनाल्डोको जन्म हुने समयमा उनीहरूको परिवार अत्यन्त गरिब थियो । रोनाल्डोका पिता जँड्याहा भएको र चरम गरिबीका कारण ३ जना सन्तानलाई पालनपोषण गर्न धौधौ परिरहेका बेला गर्भमा आएको अर्को सन्तानले रोनाल्डोकी आमालाई चिन्तित तुल्याएको थियो । रोनाल्डोकी आमा आफैँले पछि संचार माध्यमलाई बताएअनुसार उनले गर्भमा रहेको आफ्नो चौथो सन्तानलाई गिराउनका लागि डाक्टरकहाँ पनि गएकी थिइन् । तर, उनका डाक्टरले बच्चा गिराउन अस्वीकार गरेका थिए । भाग्यवश रोनाल्डो जन्मिए   । 

सानो छँदा रोनाल्डोले सन् १९९२ देखि सन् १९९५ सम्म एन्डोरिन्हा नामक स्थानीय क्लबका लागि खेलेका थिए । त्यतिबेला उनका पिता त्यही क्लबमा खेलकुदका सामाग्रीको रेखदेख गर्ने काम गर्थे । सन् १९९७ मा १२ वर्षको उमेरमा रोनाल्डोलाई १ हजार ५०० पाउन्ड स्टर्लिङ दिने गरी स्पोर्टिङ सीपी नामक एउटा क्लबले अनुबन्ध गर्‍यो । त्यसपछि उनको व्यावसायिक फुटबल करिअर सुरु भयो ।

जब उनी १४ वर्षका भए, उनले आफूले व्यावसायिक फुटबल खेल्न सक्ने महसुस गरे र विद्यालयको पढाइ छाडेर खेलमा लाग्न चाहेको कुरामा आफ्नी आमालाई मनाए । उनी स्कुलमा साथीभाइका बीच लोकप्रीय नै थिए तर एक दिन उनले आफ्ना शिक्षकलाई रिसको झोँकमा कुर्सीले प्रहार गरे र सोही आरोपमा उनलाई स्कुलबाट निश्कासन गरिएको थियो । पछि थाहा भयो कि उनलाई मुटु तीब्र गतिमा धड्किने बिराम रहेछ । मुटुको शल्यक्रिया गरेर उपचार गरेपछि उनी तन्दुरुस्त बने र आफ्नो खेलमा ध्यानपूर्वक सक्रिय भए ।

स्पोर्टिङको युवा टिमबाट खेल्दै गरेका १८ वर्षीय रोनाल्डोलाई सन् २००३ मा म्यान्चेस्टर युनाइटेडले १२.२५ मिलियन पाउन्ड स्टर्लिङ स्थानान्तरण रकम तिरेर अनुबन्धित गरेपछि रोनाल्डोको भाग्य चम्किएको थियो ।
भर्खरै सिनियर क्लबबाट खेल्न सुरु गरेका रोनाल्डोले आफ्नो पहिलो सिजनमै एफए कप जितेका थिए । उनले उक्त क्लबबाट सन् २००९ सम्म खेले । 

त्यससँगै उनी त्यतिबेलासम्मको अंग्रेजी फुटबल इतिहासमा कम उमेरका सर्वाधिक महँगा खेलाडी बनेका थिए । सब्स्टिच्युट खेलाडीका रूपमा १६ अगस्ट २००३ मा बोल्टन वान्डरर्सका विरुद्धको प्रिमियर लिगको खेलमा डेब्यु गरेका रोनाल्डोले आफ्नो क्लब म्यान्चेस्टर युनाइटेडका लागि भने १ नोभेम्बरमा पोर्ट्समाउथविरुद्धको खेलमा फ्री किकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

उनी २३ वर्षको उमेरमा सन् २००९ मा रियल म्याड्रिडमा ८ करोड पाउन्ड स्टर्लिङमा स्थानान्तरित भएपछि २ वटा ला लिगा उपाधिसहित १५ वटा ट्रफी जित्न सफल भएका थिए । रियल म्याड्रिडमा छँदा सन् २०१८ मा च्याम्पियन्स लिगको उपाधि जितेसँगै उक्त ट्रफी ५ पटक जित्ने विश्वको पहिलो खेलाडी बनेका रोनाल्डोले उक्त अवधिमा अन्य थुप्रै विश्व रेकर्ड तोड्न सफल भएका थिए ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सन्  २००३ मा डेब्यु गरेका चर्चित फुटबल खेलाडी रोनाल्डोले हालसम्ममा १७० वटा रेड क्याप पाइसकेका छन् ।

त्यति मात्र होइन, गरिब परिवारमा जन्मिएका रोनाल्डो खेलबाट कमाएर संसारकै सबैभन्दा धेरै कमाउने खेलाडी पनि बन्न सफल भएका छन् । फोर्ब्स पत्रिकाका अनुसार रोनाल्डो सन् २०१६ र सन् २०१७ मा विश्वको सर्वाधिक महँगा खेलाडी बनेका थिए । त्यसैगरी ईएसपीएनले सन् २०१६-२०१९ का सबैभन्दा प्रख्यात खेलाडीका रूपमा रोनाल्डोलाई चित्रण गरेको थियो । उनी आफ्नो व्यवसायिक खेल अवधिमा १ अर्ब डलर कमाइ गर्ने इतिहासमै तेस्रो खेलाडी बनेका थिए ।

सन् २००७ सम्ममा उनले प्रोफेसनल फुटबलर्स एसोसिएसन्स प्लेयर्स प्लेयरलगायत अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलका प्राय: सबै मुख्य उपाधिहरू हात पारिसकेका थिए । न्यू क्यासल युनाइटेडका विरुद्ध १२ जनवरी २००८ मा भएको खेलमा रोनाल्डोले म्यान्चेस्टरका लागि पहिलो ह्याट्रिक गरेका थिए । करिब ६ वर्ष म्यान्चेस्टर युनाइटेडबाट सफल फुटबल खेलेका उनी सन् २००९ देखि स्पेनिस क्लब रियल म्याड्रिडमा गएका थिए ।

सन् २००९-०१० को सिजनअघि खेलाडी स्थानान्तरण शुल्कको विश्व रेकर्ड बनाउँदै उनी ८ करोड पाउन्ड स्टर्लिङ रकममा रियल म्याड्रिडमा आबद्ध भएका थिए । म्यान्चेस्टर युनाइटेडमा छँदा ७ नम्बर जर्सी लगाउने रोनाल्डो रियल म्याड्रिडमा त्यो नम्बरको जर्सी अर्का खेलाडीको भएका कारण ९ नम्बर लेखिएको जर्सी लगाउन थाले । पछि सन् २०१०-०११ को सिजन अगाडि ती ७ नम्बर जर्सी लगाउने त्यही क्लबका कप्तान राउलले क्लब छाडेपछि उक्त नम्बरको जर्सी रोनाल्डोलाई दिइएको थियो । रियलका लागि पहिलो सिजनमा ३३ गोल गरेका भए तापनि सन् २०१० को त्यो सिजन उनले उपाधिबिना नै चित्त बुझाउनुपर्‍यो ।

च्याम्पियन्स लिगको पहिलो नकआउट चरणमा आफ्नो पूर्व क्लब म्यान्चेस्टर युनाइटेडसँग पहिलो पटक आमनेसामने भएका रोनाल्डोले आफ्नो पूर्व क्लबविरुध्द गोल गर्दा उक्त क्लबप्रति सम्मान व्यक्त गर्न सेलेब्रेट नै गरेनन् । त्यस्तै, पछि सन् २०१५ मा समेत च्याम्पियन्स लिगको आफ्नो पूर्व क्लब स्पोर्टिङ सीपीविरुद्धको खेलमा बराबरी गर्नेगरी आफूले फ्री किकमा गोल गर्दा पनि उनले सेलेब्रेट गरेनन् र खेल सकिएपछि भने,'म जे भएको छु, त्यो उनीहरूले नै बनाएको हो' । 

सन् २०१३ मा नयाँ अनुबन्ध गरेर सन् २०१८ सम्म रियल म्याड्रिडमै रहेका अद्भुत खेलाडी रोनाल्डोको उमेर झर्दै गए पनि खेल क्षमता अझ निखारिँदै गएको थियो । सन्      २०१३ मा पहिलो पटक फिफा विश्व वर्ष खेलाडी भएका रोनाल्डोले आफ्नो व्यक्तिगत सफलतासँगै स्पेनिस क्लब रियल म्याड्रिडलाई पनि अभूतपूर्व सफलता दिलाएका थिए ।

सन् २०१८ मा रियल छाडेर ८ करोड ८० लाख पाउन्ड स्टर्लिङ लिएर युभेन्टसमा अनुबन्धित भएका रोनाल्डोले आफू सम्मिलित अघिल्ला २ सिजनमा लगातार सिरिए उपाधि जितेका थिए ।

रियल म्याड्रिडसँगको सम्झौता बाँकी छँदै १० जुलाई २०१८ मा रोनाल्डोले इटालियन क्लब युभेन्टससँग ४ वर्षका लागि सम्झौता गरे । युभेन्टसका लागि उनले गरेको दोस्रो गोल उनको व्यावसायिक खेल जीवनकै ४००औँ गोल थियो । त्यही सिजनको च्याम्पियन्स लिगमा युभेन्टसका लागि उनको पहिलो खेलको २९औँ मिनेटमा अभद्र व्यवहार गरेकोमा उनलाई मैदानबाहिर पठाइएको थियो । १५४ वटा च्याम्पियन्स लिग खेलिसकेका उत्कृष्ट खेलाडी रोनाल्डोले उक्त खेलमा पाएको रेड कार्ड नै पहिलो थियो ।

रोनाल्डोले आफ्नो व्यावसायिक खेल जीवनमा हालसम्म ६३८ क्लब गोल र १०२ अन्तर्राष्ट्रिय गोल गरी ७४० गोल गरिसकेका छन् ।

त्यो पुस्ताका २ सर्वोत्कृष्ट खेलाडीहरूको रूपमा  लियोनल मेस्सी र कृष्टियानो रोनाल्डोलाई लिइन्छ । कतिपयले स्वार्थी खेलाडी भनेर आलोचना गर्ने गरेका भए तापनि रोनाल्डोको खेलप्रतिको समर्पण भाव र मिहिनेतको भने सबैले प्रशंसा गर्ने गरेका छन् । सन् २०११ मा उनले आफ्नो बारेमा यस्तो टिप्पणी गरेका थिए, 'मानिसहरू मेरो इर्ष्या गर्छन् किनभने म धनी, ह्यान्ड्सम र महान् खेलाडी हुँ ।' पछि सन् २०१४ मा उनले आफूले त्यतिबेला बोल्न गल्ती गरेको प्रतिक्रिया दिएका थिए ।

रोनाल्डो र मेस्सीबीचमा दुवैले एकै सिजनमा ५० गोल पार गर्ने, विभिन्न लिगको फाइनल खेलमा गोल गर्नेलगायत धेरै प्रतिस्पर्धात्मक समानता रहेका छन् । २ मध्ये कुन खेलाडी उत्तम हो भन्ने सवालमा व्यक्तिहरूका भिन्नभिन्न मत रहेका पाइन्छ । रोनाल्डोका आलोचकहरूले उनको शारीरिक हाउभाउ, व्यवहार र कहिलेकाहीँ कपाललाई समेत लिएर आक्रामक र ढोँगी व्यक्ति पनि भन्ने गर्छन् ।

फेब्रुअरी २०२१ सम्मको तथ्यांकअनुसार फेसबुक, ट्विटर र इन्स्टाग्राममा गरेर ५० करोडभन्दा बढी फलोअर रहेका रोनाल्डो त्यसबेलासम्मका सामाजिक संजालमा सबैभन्दा बढी पछ्याइएका खेलाडी हुन् ।

रोनाल्डोले विभिन्न कम्पनीहरूमा लगानी गरेका छन् । सीआर७ नामक उनको पहिलो फेसन बुटिक सन् २००६  मा पोर्चुगलमै स्थापना गरिएको थियो । त्यसपछि उनले विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्दै आएका छन् । क्रिष्टियानो रोनाल्डो फुटबल क्याम्पस, पोर्चुगलको मडेइरामा क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय विमानस्थल आदि रोनाल्डोकै नामबाट राखिएका छन् । त्यसका अतिरिक्त फेब्रुअरी २०२० मा युनाइटेड अरब इमिरेट्सले रोनाल्डोलाई 'गोल्डन भिसा' नै दिएको थियो ।

रोनाल्डोका पिताको रक्सी पिएका कारण कलेजोको समस्याले सन् २००५ मा मृत्यु भएको थियो भने उनकी आमालाई सन् २००७ मा छातीको क्यान्सर देखिएको तर पछि निको भएको थियो । रोनाल्डोका २ छोरी र २ छोरा गरी ४ जना सन्तान छन् । पहिलो छोरा क्रिष्टियानो जुनियर सन् २०१० मा जन्मिएका थिए । छोराकी आमा रसियन मोडेल इरिना श्याकको बारेमा रोनाल्डोले सन् २०१५ मा उनको सम्बन्ध टुटिसकेपछि मात्र सार्वजनिक गरेका थिए । 

त्यसैगरी सरोगेसी  (भाडामा बच्चा जन्माउने महिला)मार्फत अमेरिकामा सन् २०१७ मा उनले इभा छोरी र मेटिओ छोरा गरी २ जुम्ल्याहा छोराछोरीहरू जन्माएका थिए । पछि उनी स्पेनिस मोडेल जर्जिना रोडरिगेजसँग सम्बन्धमा रहे र जर्जिनाले सन् २०१७ मै अलाना नाम गरेकी एक छोरीलाई जन्माइन् ।

रोनाल्डोलाई सन् २०११-०१४ बीचको अवधिमा कर छलेको आरोप पनि लागेको थियो । उनले सुरुमा इन्कार गरेको त्यही अभियोगमा उनलाई विगो र जरिमानासहित २ वर्षको जेल सजाय सुनाइएको भए तापनि जेलको सट्टा पैसै बुझाउने गरी सम्झौता गरेर छाडिएको थियो ।

यसरी एउटा नगन्य अस्तित्वमा रहेको निम्न वर्गीय परिवारमा जन्मिएर पनि विश्वका मानिसहरूले चिन्ने, प्रशंसा र कुरा गर्ने, माया गर्ने एवं बाल्यकालमा कसैको आडभरोसा, सल्लाह र मार्गदर्शनबिना आफ्नै बलबुुुता र मिहिनेतका भरमा अथाह संपत्ति र इज्जतसमेत कमाउन सफल रोनाल्डो करोडौँ मानिसहरूको प्रेरणाका स्रोत बनेका छन् । आफ्ना बाबुको मदिराका कारण भएको दुर्दशा देखेका उनले आफू मदिरा नपिउने बताउँछन् ।

एजेन्सीको सहयोगमा

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …