Khabarpato logo

         

फिचर/स्थानीय विकास

नाम मात्रको 'फ्री भिसा, फ्री टिकट', रोकिएन ठगी, विभाग के हेरेर बसेको छ ?

खबरदाता

खबरदाता

नाम मात्रको 'फ्री भिसा, फ्री टिकट', रोकिएन ठगी, विभाग के हेरेर बसेको छ ?

फ्री भिसा र फ्री टिकट लागू भएको देश कतार १ लाख ४० हजार रुपैयाँ तिरेर जान लागेको काठमाडौँमा भेटिएका कैलालीका कविजी चौधरी बताउँछन् । सरकारका हकमा फ्री भिसा र फ्री टिकट लागू भए पनि तर कामदारलाई यो सुविधाले नछोएको उनले बताए ।

‘कतार जान फ्री भिसा, फ्री टिकट रे त ? भनेर एजेन्टलाई सोधेको, उसले जुन म्यानपावरले पठाउँछ, त्यहीँबाट जाऊ भनेर हप्कायो । खोइ, हाम्रो हकमा फ्री भिसा र फ्री टिकट लागू भएन’, उनले भने, ‘कतार जान काठमाडौँसम्म आउँदा २ लाखभन्दा धेरै खर्च हुन्छ । म्यानपावरले डेढ लाख लिएको छ । अब नगएर के गर्नु, देशमा रोजगारी छैन ।’

फ्री भिसा र फ्री टिकट सरकारी कागजमा सीमित रहेको उनको भनाइ छ ।

यस्तै, कोसी इन्टरनेसनल प्रालिबाट रोजगारीका लागि यूएई जान लागेका काभ्रेका रूपनारायण श्रेष्ठले १ लाख ९० हजार रुपैयाँ तिरेको बताए । देशभित्र रोजगारी नपाइने, म्यानपावरले भनेजति पैसा दिएर यूएई होटलमा काम गर्न जान लागेको उनको भनाइ छ ।

फ्री भिसा र फ्री टिकटका विषयमा कुरा गर्‍यो भने एजेन्ट र म्यानपावरले 'डिमाण्ड नै छैन' भनेर तर्किने गरेको उनको गुनासो छ ।

श्रम मन्त्रालयले लागू गरेको फ्री भिसा र फ्री टिकटका विषयमा वैदेशिक रोजगारीमा ती देश जाने श्रमिक प्राय: जानकार छन् । तर, मलेसिया र खाडीका देश जाने कामदारलाई फ्री भिसा र फ्री टिकटका बारेमा जानकारी भए पनि उनीहरू धेरै पैसा तिरेर सरकारले फ्री भिसा र फ्री टिकट लागू गरेका देश जान बाध्य छन् ।

सरकारले वैदेशिक रोजगारीमा खाडीका देश र मलेसिया जाने कामदारका हकमा २०७२ सालदेखि फ्री भिसा र फ्री टिकट लागू गरेको थियो ।

कतार, मलेसिया, साउदी अरेविया, संयुक्त अरब इमिरेट्स, कुवेत, जोर्डन, बहराइन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकटबापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गरेको हो ।

सरकारले लागू गरेका फ्री भिसा र फ्री टिकटका विषयमा सबै कामदार जानकार भए पनि उनीहरू चर्को रकम तिरेर विदेसिने बाध्य छन् तर वैदेशिक रोजगारीमा जान नपाउन डरले आफूले तिरेको पैसाका बारेमा कामदार खुलाउन चाहँदैनन् ।

वैदेशिक रोजगारीमा जाने कामदारसँग कति पैसा तिरेर जान लागेको ? भनेर विभागबाट अनुगमनमा खटिएको टोलीले सोध्दा वास्तविक जानकारी नदिने गरेको वैदेशिक रोजगार विभाग महानिर्देशक कुमारप्रसाद दहाल बताउँछन् ।  

सरकारले फ्री भिसा र फ्री टिकटका विषयमा स्रोत देश र स्वयं म्यानवार कम्पनीसँग नै परामर्श लिइरहेको विभागका महानिर्देशक दहालले बताए ।

‘विभागले फ्री भिसा र फ्री टिकटका नाममा धेरै पैसा लिने म्यानवार र एजेन्टलाई कारबाही गर्दै आएको छ । धेरै रकम म्यानपावरलाई बुझाए पनि सरकारले तोकेको रसिद मात्र कामदारले लिन्छन्', उनले भने, ‘समस्या रोजगारीको खोजीमा जाने कामदारमा पनि छ । कामदार विदेश जानुअघि लाखौँ तिर्न पनि तयार हुन्छ । समस्यामा परेपछि मात्र यति रकम एजेन्ट र म्यानपावरलाई तिरेको भन्दै विभागमा आउने गरेका छन् ।’

ठूलो रकम ठगिएको उजुरी लिएर दैनिक रोजगार पीडित विभागमा आउने गरेको र घटनाको प्रकृति हेरेर कानुनी कारबाही अघि बढाउने गरेको उनको भनाइ छ ।

४ लाख लिए पनि १० हजारको रसिद

खाडीका देश र मलेसिया जाने कामदारले प्रतिव्यक्ति देशैपिच्छे ८० हजारदेखि ४ लाख रुपैयाँसम्म तिर्ने गरेको पाइएको छ । यूएईको सुरक्षा गार्डमा जाने कामदारसँग म्यानपावरले ४ लाख रुपैयाँसम्म उठाउँदै आएका छन् । यसरी उठाएको पैसामा एजेन्टले ३० प्रतिशत लिने गरेको पाइएको छ । 

यसरी म्यानपावरले पैसा उठाए पनि कामदारलाई भने १० हजार रुपैयाँको मात्र रसिद दिने गरेका छन् ।

रोजगारीको खोजीमा अथवा वैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावर कम्पनीसम्म आइपुग्नुअघि नै एजेन्टलाई पेस्की बुझाउने गरेको पाइएको छ । रोजगारीको खोजीमा रहेका कामदारले प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँका दरले एजेन्टलाई बुझाउने गरेको पाइएको हो । 
वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिकले एजेन्टलाई राहदानीसमेत बुझाउने गरेका छन् । कामदारले म्यानपावर र एजेन्टसँग राहदानी फिर्ता माग्दा प्रतिराहदानी ३० हजार रुपैयाँसम्म माग्ने गरेको पीडितले गुनासो गर्दै आएका छन् ।

हाल वार्षिक वैदेशिक रोजगारीका नाममा १ अर्ब रुपैयाँ ठगी हुँदै आएको विभागको तथ्यांकमा छ । वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै दैनिक करिब २०० कामदार समस्या लिएर धाउने गरेको विभागले जानकारी दिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…