Khabarpato logo

         

फिचर/स्थानीय विकास

दशौँ नेफ्टा अवार्ड: ६ वटा अवार्ड उचाल्यो 'छक्का पञ्जा ३'ले (अन्य सूचीसहित)

खबरदाता

खबरदाता

दशौँ नेफ्टा अवार्ड: ६ वटा अवार्ड उचाल्यो 'छक्का पञ्जा ३'ले (अन्य सूचीसहित)

कमेडी र सोसल ड्रामाका रूपमा रहेको तथा व्यावसायिक रूपमा सफल बनेको 'छक्का पञ्जा ३' फिल्मबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् भने यही फिल्मबाट दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधामा पनि अवार्ड हात पारे ।

माग्ने बुढाको अभिनयबाट चर्चित केदारप्रसाद घिमिरेले पनि यही फिल्मबाट हास्यकलाकारको अवार्ड जिते । यस फिल्मले ६ वटा विधामा अवार्ड दिलायो ।

फिल्म ‘प्रसाद’बाट सर्वोत्कृष्ट अभिनेता घोषित भए विपीन कार्की भने मेनुका प्रधानले 'साइँली'बाट उत्कृष्ट अभिनेत्री विधामा बाजी मारिन् । साम्राज्ञी शाह र अनमोल केसी क्रमशः पपुलर अभिनेत्री र अभिनेता घोषित भए ।

फिल्म प्रसादले संगीतका चारै विधासहित सर्वोत्कृष्ट संवाद र अभिनेतामा बाजी मार्‍यो । यो फिल्मले छक्का पञ्जा ३ सँग जीतमा बराबरी गर्‍यो । ३६ विधाका विजयीलाई उपराष्ट्रपति नन्दबहादुर पुनसहितका अतिथिले अवार्ड प्रदान गरे ।


कोकसले मारे बाजी ?

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डी-बियो)
ध्वनि मिश्रण : मुकेश शाह (डमरुको डन्डी-बियो)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुसाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समीक्षा अधिकारी, नाइँ नभन्नू ल ३

कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशील पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरि)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह-अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह-अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डी-बियो)
अभिनेता-नेगेटिभ रोल : प्रमोद अग्रहरि (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायाकार : चिन्तनराज भण्डारी (हरि)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि

अभिनेता : विपीन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म : छक्का पञ्जा ३

समारोहमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई दीर्घ साधना सम्मान प्रदान गरियो । नगद ५१ हजार १११ रुपैयाँ र ताम्रापत्र उपराष्ट्रपति पुनले सम्मान हस्तान्तरण गरे ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…