Khabarpato logo

         

फिचर/स्थानीय विकास

नेपाली कांग्रेस: नीति, नियति र नियत

हरिविनोद अधिकारी

हरिविनोद अधिकारी

नेपाली कांग्रेस: नीति, नियति र नियत

नेपाली कांग्रेसको नीति

जबजब नेपालमा प्रजातन्त्र र राष्ट्रियतामा सङ्कट आउँछ अनि बहसको केन्द्र भागमा नेपाली कांग्रेसको नाम आउँछ । यसो हुनुमा नेपाली कांग्रेसको स्थापना र त्यसपछिका क्रियाकलापले प्रजातन्त्रका पक्षमा निरन्तर लागिरहेको इतिहास कारक हुनुपर्छ । वास्तवमा प्रजातन्त्र भनेको नीतिप्रधान शासन प्रणाली हो र यसका नीतिहरूमा हुने आवश्यक सुधारहरूले जनताका पक्षमा वकालत गरिरहेका हुन्छन् र गर्छन् । 

प्रजातन्त्रका लागि विश्वव्यापी रूपमा मानिने सबै सिद्धान्तहरूको प्रतिपादन मात्र गरेको हुँदैन, त्यसको व्यावहारिक प्रयोग पनि गरेका हुन्छन् प्रजातान्त्रिक संस्थाहरूले । नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर एकचित्त भएर लागिरहने र त्यसका लागि निर्विकल्प र सबै खालका परीक्षाबाट खारिएको राजनीतिक संस्था भनेको नै नेपाली कांग्रेस हो । 

प्रजातन्त्र नै गतिशील, प्रगतिशील र निरन्तर जनताका पक्षमा सुधारिएको शासन प्रणाली हो । जस्तोसुकै शासन प्रणालीलाई प्रजातन्त्र भनिँदैन, प्रजातन्त्र हुनका लागि त्यसमा खास विशेषता जरुरी हुन्छ । तर, जनविरोधी संस्थाहरूले पनि आफूलाई समाजको खपतका लागि प्रजातान्त्रिक वा समाजवादी वा आफ्नै खालको प्रजातन्त्र भनेर विशेषण जोडेको देखिन्छ । 

नेपाली कांग्रेसको नीति भनेको प्रजातन्त्रको संरक्षण हो, कार्यान्वयन हो र व्यवहारमा प्रजातन्त्रको पक्षमा सदैव लागिरहने चिन्तनको निरन्तरताको सजगता हो । विश्वका जति पनि प्रजातन्त्रप्रति आस्थावान् देशहरू छन् ती सबैको प्रयास भनेको जनताको आदेशमा मात्र जनतामाथि राज्य गर्ने हो, त्यो पनि समाज कल्याणका माध्यमबाट । सामाजिक सेवालाई राजनीतिको मूल मन्त्र मान्नै पर्ने नीति जहाँ जनताको आदेश केन्द्रमा हुन्छ । 

नेपाली कांग्रेसको नियति

प्रजातन्त्र स्थापनामा लागि भनेर एउटा प्रतिबद्धताका  साथ जब नेपाली कांग्रेसको स्थापना भयो अनि मात्र मुलुकमा प्रजातन्त्रको दुन्दुभि बज्यो र एकतन्त्रीय जहानियाँ शासन राणातन्त्रको पतन पनि भयो । नेपाली जनताले रैतीबाट शासक हुने हैसियत प्राप्त गरे । त्यो प्राप्ति नेपाली कांग्रेसका लागि मात्र थिएन । जस्तो कि रुसमा अलिक पहिले अनि चीनमा त्यो ताका साम्यवाद आयो, त्यो साम्यवादी समर्थकका लागि मात्र थियो, त्यसका विरोधीहरूका लागि त्यो व्यवस्था थिएन । तर, प्रजातन्त्र सबैका लागि थियो । अरू त अरू प्रजातन्त्रका विरोधीहरूका लागि समेत संगठन गर्ने अभिव्यक्ति स्वतन्त्रता थियो । 

नेपाली कांग्रेसले जनताका लागि त गर्‍यो, राजतन्त्रलाई राणाको पञ्जाबाट फुत्कायो तर प्रजातन्त्रका विरोधीहरूसँगबाट जोगिन सकेन र ७ फागुन २००७ मा राजा त्रिभुवनले गरेको घोषणा संविधानसभाको निर्वाचनबाट समेत राजा टाढिए । २०१५ सालमा भएको आमनिर्वाचनमा दुई तिहाइ मत प्राप्त गरेर सरकार बनाउँदा समेत नियतिले ठग्यो र प्रजातन्त्रका विरोधीहरूले १ पुस २०१७ मा प्रजातन्त्रकै हत्या गरे अनि त्यो पुन:स्थापना गर्नका लागि नेपाली कांग्रेस नै अनवरत लागिरहनुपर्‍यो । नभन्दै नेपाली कांगेसकै नेतृत्वमा अारम्बार संघर्ष गरेर प्रजातन्त्र पुन:स्थापना हुन सक्यो ।

सबैलाई थाहा थियो- सडक र सदनमा कम्युनिस्टहरूकै बर्चस्व छ । निरीह अवस्थामा रहेको कांग्रेसको अवस्था जुन देखिएको छ, त्यो प्रजातान्त्रिक प्रक्रियामा देखिनुपर्ने सक्रियताको कमी हो । नेपाली कांग्रेसले नै संविधानको रक्षाका लागि नेतृत्व लिन सक्नुपर्थ्यो

जबजब नेपाली कांग्रेस कमजोर हुन्छ, तबतब प्रजातन्त्रमाथि धाबा बोलिन्छ- यो या त्यो बहानामा । अहिले पनि नेपाली का्ग्रेसको सक्रियतामा नेपालको संविधान, २०७२ बन्यो र त्यसको कार्यान्वयनमा कांग्रेसको भूमिका कमजोर पार्न कम्युनिस्टहरूको कृत्रिम एकता रचियो । आज त्यसको दुरभाग्य मुलुकले बेहोरेको छ तर कांग्रेस निरीह भएर हेरिरहने अवस्था छ किनभने कांग्रेसको नीतिले उसलाई विद्रोह गर्न रोकेको छ । कांग्रेस प्रजातन्त्रका विरुद्धमा देखिँदैन तर प्रजातन्त्रविरोधीहरूको प्रजातन्त्रको खोलमा प्रजातन्त्रका विरुद्धमा अनेक नाटक खेल्न सक्छन्, जुन अहिले मञ्चन छ । 

प्रजातन्त्रको पक्षमा लाग्दा प्रजातन्त्रकै विरुद्धमा लाग्नेहरूसँग डराउनुपर्ने अवस्था छ कांग्रेसको । नियतिले सदैव प्रजातन्त्रको पक्षमा उभिन लगाउँछ, प्रजातन्त्रको पहरेदार हुन लगाउँछ तर आफैँले बनाएको बाघले बारम्बार नेपाली कांग्रेसलाई टोकेको इतिहास छ, जुन आज पनि यथावत छ । प्रजातन्त्रकै पक्षमा उभिनुपर्ने र खबरदारी गर्नुपर्ने नियति नै कांग्रेसको विशेषता हो भन्दा अत्युक्ति हुँदैन ।

कांग्रेसको नियत

नेपाली कांग्रेसको नियत खराब नहोला तर नेतृत्वदायी व्यक्तित्वहरूले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक सक्रिय र उदाहरणीय संस्थाको रूपमा विकसित गर्नुभन्दा तदर्थवादभित्र जकडिएको संस्थाको रूपमा प्रमाणित गरेको इतिहास छ । बीपी कोइरालाको क्षमताभित्र चलेको कांग्रेसमा त्यही प्रवृत्तिको पुनरावृत्ति गर्नका लागि विचारको प्रक्षेपण आवश्यक हुन्छ । विचार र व्यवहारको मिश्रणले अन्तर्घुलित कांग्रेस अहिले न विचार, न त व्यवहारको नियतिमा झोक्राएको छ । 

संस्थाभित्रको आन्तरिक लोकतन्त्रलाई धुलिसात पारेर प्रजातन्त्रको पक्षमा उभ्याउनुपरेको छ, जुनचाहिँ निकृष्टतम उदाहरणका रूपमा लिनुपर्छ । कुनै पनि प्रजातान्त्रिक संस्थाको बल भनेको उसका अन्य संस्थाहरूको सुदुढीकरण हो, सबलीकरण हो । संस्थाको आन्तरिक प्रजातन्त्रको सुदृढीकरणले मात्र मूल संस्था सबल हुन्छ तर नियतिले कांग्रेसको नियतमा प्रजातन्त्रका पक्षमा भन्दा स्वार्थको पक्षमा, नेतृत्वदायी व्यक्तिहरूको बाटो पनि नछोड्ने आफू पनि संगठन सुदृढ पार्न नसक्ने भनेर इतिहासले गणना गर्न थालेको अवस्था छ । 

संघीय संसद, प्राादेशिक सदन तथा स्थानीय सरकारहरूमा कमजोर उपस्थितिका कारणले प्रजातन्त्रमा आउने कुनै पनि खतरासँग जुध्न गाह्रो भएको कुरा हालैको संसद विघटनका मामिलामा लिन नसकिएको अडानले स्पष्ट पार्छ । सबैलाई थाहा थियो- सडक र सदनमा कम्युनिस्टहरूकै बर्चस्व छ । निरीह अवस्थामा रहेको कांग्रेसको अवस्था जुन देखिएको छ, त्यो प्रजातान्त्रिक प्रक्रियामा देखिनुपर्ने सक्रियताको कमी हो । नेपाली कांग्रेसले नै संविधानको रक्षाका लागि नेतृत्व लिन सक्नुपर्थ्यो । 

यदि कसैले सर्वोच्चमा मुद्दा हालेको थिएनन् भने अकालमा मरेको प्रतिनिधिसभा ब्युँतिएको हुने थिएन । यसमा कांग्रेसको भूमिका भनेको तत्कालीन नेकपाको माधव प्रचण्ड पक्षभन्दा पनि कमजोर भएकै हो । हुनत कांग्रेस पनि विरोधमा आएको हो तर स्पष्ट भाषामा होइन, लकपकिएको भाषामा, जुन आवाज अहिले पनि स्पष्ट देखिँदैन । प्रजातन्त्र भनेको सत्यको खोजी हो र सत्य प्राप्त गर्न पहिलको कांग्रेसको संगठन अनि विचारको आवश्यकता पर्छ, जसले प्रजातन्त्रका पक्षमा जनमत तयार गरिरहेको हुन्थ्यो । 

अब के त कांग्रेसले गर्ने ?

कांग्रेसले हस्तक्षेपकारी भूमिकामा आफूलाई प्रस्तुत गर्ने हो र सरकारका गैरप्रजातान्त्रिक नियतको समेत नकाब उतार्ने हो । जुन प्रधामन्त्री केपी शर्मा ओलीले निर्लज्ज तरिकाले संसद विघटन गर्ने काम गरे, अहिले पनि संसद पुन:स्थापना हुँदा पनि प्रधानमन्त्रीकै हैसियतमा खुराफात गरेर सत्ता लम्ब्याउँदै छन् भने कांग्रेसले संविधानवाद र संविधानका रक्षाका लागि जुनसुकै खालको संघर्ष गरेर भए पनि मुलुकमा प्रजातन्त्रको पक्षमा निरन्तर सजगताका लागि लागिरहनु जरुरी छ । 

सत्ता भनेको त शासन प्रणाली प्रजातान्त्रिक रहेका जनताले दिन्छन् नै, कृत्रिम प्रजातन्त्रको विपक्षमा स्पष्ट लाग्नु नै आजको माग हो तर आफू पनि प्रजातन्त्रका पक्षमा उदाहरणीय बनेर ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…