Khabarpato logo

         

फिचर/स्थानीय विकास

बेलायतमा खसेको एक उल्का पिण्डका टुक्राहरूमा ४.६ अर्ब वर्ष पुरानो तत्त्व पाइयो

एजेन्सी

एजेन्सी

बेलायतमा खसेको एक उल्का पिण्डका टुक्राहरूमा ४.६ अर्ब वर्ष पुरानो तत्त्व पाइयो

एक हप्ताअघि दक्षिणी इङ्ग्ल्यान्ड ग्लोउस्टरसायेरको विन्चकम्व भन्ने ठाउँको आकाशमा एउटा आगोको डल्लो जस्तो वस्तु देखिएको थियो ।

आफूले गाडी चलाउने बाटोमा काला ढुङ्गाहरूको खात देखेपछि एक जना स्थानीयवासीले विशेषज्ञहरूलाई जानकारी गराएका थिए ।

बेलायतमा विगत ३० वर्षमा पहिलो पटक उल्का पिण्डका टुक्राहरू फेला परेको बताइएको छ ।

ती टुक्राहरूमा करिब ४.६ अर्ब वर्षअघि हाम्रो सौर्यमण्डलको उत्पत्ति हुँदाताकाको कार्बोनेसियस कोन्ड्राइटनामक ढुङ्गा जस्तो पदार्थको रसायन जस्ताको त्यस्तै रहेको पाइएको जनाइएको छ ।

लन्डन नेचरल हिस्ट्री म्युजियमका डा. आश्ले किङलाई उदृत गर्दै बीबीसी संवाददाता जोनाथन एमोस लेख्छन्, 'बेलायतमा पहिले कहिल्यै यस्तो रेकर्ड गरिएको थिएन ।'

सौर्यमण्डल बन्ने क्रममा अवशेषका रूपमा रहेका ती  कार्बोनेसियस कोन्ड्राइटहरूमा सामान्य अर्ग्यानिक र अमिनो एसिडयुक्त तत्त्व पाइने र कतिपयमा पानी-निर्मित खनिज पनि पाइने हुनाले त्यसमा प्राप्त तत्त्वहरूको अध्ययन गरी पृथ्वी जस्ता जीवनअनुकूल ग्रहहरूको उत्पत्तिका बारेमा बुझ्न सकिने वैज्ञानिकहरूको राय छ ।

२८ फेब्रुअरीमा  एउटा चम्किलो प्रकाश आकाशमा कुदेको देखेका हजारौँ मानिसहरूले सम्बन्धित निकायमा सूचित गरेका थिए । भाग्यवस त्यो दृश्यलाई यूके फायरबल अलायन्स (युकेफल)द्वारा संचालित विशेष क्यामेराले समेत कैद गर्न सफल भएको बताइएको छ ।

हालसम्म विश्वभर करिब ६५ हजार उल्का पिण्डको विवरण रहेको भए पनि १ हजार २०६ वटा मात्र मानिसका आँखाले झर्दै गरेको देखिएका र तीमध्ये ५१ वटामा मात्र कार्बोनेसियस कोन्ड्राइट पाइएको थियो । विज्ञानका लागि यो घटना अत्यन्त महत्त्वपूर्ण भएको जनाइएको छ ।

बाहिरी एस्टेरोइड बेल्टबाट बृहस्पतितिर आएको उक्त उल्का पिन्ड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा क्यामेराले निगरानी गरिएको थियो ।

सौर्यमण्डलको उत्पत्तिकालको पदार्थ संचित रहेका अधिकांश यस्ता उल्का पिन्डहरू पृथ्वीको वायु मण्डलमा प्रवेश गरेपछि आकाशमै नष्ट हुने र केही मात्र टुक्रिएर पृथ्वीको सतहमा आइपुग्ने गरेको अध्ययनकर्ताहरू बताउँछन् ।

बेलायतको विन्चकम्वको त्यो घटनाको अनुसन्धान गर्न म्यान्चेस्टर, प्लाइमाउथ आदि विश्वविद्यालयका वैज्ञानिकहरू लागिपरेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…