Khabarpato logo

         

फिचर/स्थानीय विकास

प्रहरीलाई रोक्न प्रदर्शनकारीद्वारा महिलाका कपडा डोरीमा टाँगियो

एजेन्सी

एजेन्सी

प्रहरीलाई रोक्न प्रदर्शनकारीद्वारा महिलाका कपडा डोरीमा टाँगियो

म्यान्मारमा प्रदर्शनकारीहरूले महिलाका कपडालाई सडकको वारपार डोरीमा टाँगेर प्रहरी र सेनालाई रोक्ने प्रयास गरेका छन् । परम्परागत रूपमा त्यहाँ महिलाका कपडामुनि हिँड्नु अपशकुन मानिन्छ ।

लोङ्गीलगायत महिलाका बाहिरी कपडाहरू र कहीँकहीँ भित्री वस्त्रहरू पनि त्यसरी झुन्ड्याइएको देखाइएको छ ।

बदला लिइन सक्ने आशंकाले आफ्नो नाम बताउन नचाहने २० वर्षीय एक युवालाई उदृत गर्दै रोयटर्सले बताएअनुसार लोङ्गीमुनिबाट हिँड्दा अलच्छिन लाग्छ भन्ने परम्परागत मान्यता रहेकोले सुरक्षाकर्मीलाई रोक्न त्यसरी महिलाका वस्त्र सुरक्षाकर्मी हिँड्ने बाटोको वारपार डोरीमा टाँगिएको हो ।

ती युवाले भने, 'आजको नयाँ पुस्ताले त्यस्तो कुरामा विश्वास नगर्ने भए पनि सुरक्षाकर्मीहरूले अझै विश्वास गर्छन् र उनीहरूको त्यही कमजोरीको फाइदा उठाउँदै संकटका घडीमा हामीलाई भाग्ने समय मिल्न सक्छ ।'

सामाजिक संजालमा छाएका भिडियोमा पनि अगाडि बढ्नुअघि सुरक्षाकर्मीहरूले त्यस्तो कपडाको डोरी हटाउँदै गरेको देखिएको छ ।

महिलाका कपडा झुन्ड्याउनाले प्रहरीलाई गतिरोध गरे तापनि अश्रुग्यास छोड्न र रबरका गोली चलाउनबाट भने रोक्न सक्दैन ।

१ फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले कू गरेपछि त्यसको विरोधमा लगातार भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीपूर्ण दमनबाट ५० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…