Khabarpato logo

         

फिचर/स्थानीय विकास

स्पेसएक्स रकेटको परीक्षण पुनः असफल

एजेन्सी

एजेन्सी

स्पेसएक्स रकेटको परीक्षण पुनः असफल

अन्य ग्रह, उपग्रहमा मानिस तथा वस्तुको ढुवानी गर्ने उद्देश्यले दक्षिण अफ्रिकी धनाढ्य  एलोन मस्कद्वारा निर्माण गराइएको स्पेसएक्स रकेट (स्टारसिप)को तेस्रो परीक्षण उडान पनि असफल भएको छ ।

टेक्सासको बोका चिकाबाट बुधबार उडाइएको उक्त एसएन१० स्पेसएक्स रकेट अपेक्षित ढंगले पृथ्वीतिर फर्किएर पहिलो पटक ठाडो (भर्टिकल) अवस्थामा ल्यान्ड गर्न सफल भएको थियो ।

तर, त्यो खुसी धेरै समय टिकेन । ल्यान्ड भएको अन्दाजी ८ मिनेटपछि त्यो रकेट विस्फोट भएर आकाशमा उछिट्टियो र टुक्राटुक्रा भएर धर्तीमा खस्यो ।

के कारणले ल्यान्ड भइसकेको रकेट बिस्फोट भयो भन्नेबारे तत्काल केही बताइएको थिएन ।

गत डिसेम्बरमा एसएन८ र फेब्रुअरीमा एसएन९ पछि परीक्षणकै क्रममा बिस्फोट भएको यो तेस्रो रकेट थियो । तर, अघिल्ला २ रकेटको तुलनामा एसएन१० भने सुरक्षित ठाडो ल्यान्डिङको सफलता नजिक पुगेको थियो ।

उक्त स्टारसिपको परीक्षण दक्षिणी टेक्सासस्थित स्पेसएक्स परियोजनाले भाडामा लिएको मेक्सिको र मेक्सिकोको खाडीको सिमाना नजिकैको निर्जन क्षेत्रमा गरिएको थियो ।

पृथ्वीको परिक्रमा गर्ने स्टारसिपको पहिलो उडान यस वर्षको अन्त्यमा गर्ने योजना रहेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…