Khabarpato logo

कला/साहित्य

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

खबरदाता

खबरदाता

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु
कारण बताउँदा म, तिम्रै बताइदिन्छु ।

सानो भनेर हर्दम, हेप्नेहरूले बुझ्नू
झिल्को हुँ ख्याल गर्नू, बस्ती जलाइदिन्छु ।
-राधा कणेल

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले असोज ६ गते शनिबार राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा आयोजना गरेको गजल मुशायरा कार्यक्रम ३ जना गजल स्रष्टाहरूले यस्तै आगो शेरहरू ओकले ।

मुशायरामा ३ जना चर्चित युवा गजलकारहरू तनहुँका अनजान यात्री, धादिङकी राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाले तरन्नुम शैलीमा आ-आफ्ना गजलहरू प्रस्तुत गरेर माहोल तताएका थिए ।

मनभित्र यत्ति डर छ, कुन पल के पर्छ-पर्छ
आगोको सामु खर छ, कुन पल के पर्छ-पर्छ ।

पर्खाल बन्न सक्छु, या मूर्ति बन्न सक्छु
ढुङ्गा हुने रहर छ, कुन पल के पर्छ-पर्छ ।
-अनजान यात्री

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिएको थियो । गजलकार नृपेश उप्रेतीको गजल ढुङ्गानाले, खिम पुनको गजल यात्रीले र रोमा लम्सालको गजल कणेलले वाचन गरेका थिए ।

यसका अलावा १० जना गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका परिकल्पनाकार एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गरेका थिए ।

कार्यक्रममा राधा कणेलको एउटा गजल गजलकार रश्मि असफल र राधा कणेलले संयुक्त वाचन गरेका थिए ।

प्रमुख अतिथि रवि प्राञ्जलले नेपाली गजल लेखन थप सशक्त बन्दै गएको भन्दै खुसी व्यक्त गरे । उनले गजलवाचनले पनि श्रोतामा प्रभाव छाड्ने र गजलको अर्थबोध गराउने हुँदा वाचन र लेखनको तलमेल हुनुपर्ने बताए । गजलले भन्न खोजेको आशय वाचनबाट अझ सशक्त तवरले प्रकट हुने भएकाले गजलवाचनमा वसशेष ख्याल गर्न उनले सुझाव पनि दिए ।

नेपाली गजलको उन्नयनमा विगत लामो समयदेखि अनाममण्डली, गजलगृह, नेपाल गजल प्रतिष्ठानलगायत संस्थाको भूमिका उल्लेखनीय रहेको प्राञ्जलको भनाइ थियो । 

कार्यक्रममा प्रतिष्ठानले ४ ओटा सम्मान तथा पुरस्कार स्थापना गरेको बताइएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले दिएको जानकारीअनुसार गजल स्रष्टा डा. प्रदीपकुमार मैनालीले आफ्नो लोकप्रिय गजल 'के लत बस्यो मलाई'का नाममा प्रत्येक वर्ष प्रदान गर्नेगरी १० हजार रुपैयाँ राशिको 'के लत बस्यो मलाई गजल पुरस्कार' तथा सम्मान स्थापना गरेका छन् ।

यसरी नै दीपशिखा शर्माले २/२ वर्षमा प्रदान गर्नेगरी ३५ हजार रुपैयाँ राशिको 'पद्मिल गजल बहार पुरस्कार तथा सम्मान', निर्मला घिमिरेले ३५ हजार रुपैयाँ राशिकै २/२ वर्षमा प्रदान गर्नेगरी 'इशा पुस्तक पुरस्कार तथा सम्मान' र अमरदेव बाँस्तोलाले २/२ वर्षमै प्रदान गर्नेगरी ३० हजार रुपैयाँ राशिको 'कलाकृति बहर बहार सङ्गीत सम्मान' स्थापना गरेका छन् ।

यी सबै पुरस्कार र सम्मान नेपाल गजल प्रतिष्ठानमार्फत प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले आगामी कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने निर्णय गरिसकेको छ ।

ताजा

सबै

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

लालबन्दी भाषा तथा साहित्य पुरस्कार 'बाआमा'लाई

लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा…

लोकप्रिय

सबै

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

यो पनि