Khabarpato logo

         

शिक्षा

काकाकुल विद्यालय : प्यास लागे घर दगुर्छन् विद्यार्थी

खबरदाता

खबरदाता

काकाकुल विद्यालय : प्यास लागे घर दगुर्छन् विद्यार्थी

बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव छ । 

खानेपानी अभावले सास्ती भएको कक्षा- ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछिन्। ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन’, उनले भनिन् । कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ । विद्यालयका एउटा मात्र हाते पम्प छ ।  पिउनलाई शुद्ध पानीको अभाव छ । 

‘पानी किनेर पिउनुपर्ने बाध्यता छ’, कक्षा- ५ मा अध्ययनरत कल्पना यादवले भनिन्, ‘विद्यार्थीले सधैँ पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौँ ।’ शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछिन् । शौचालय जाँदा बाहिरबाटै पानी बाकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् । 

२०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन् । उनले भनिन्, ‘वडाले आश्वासन त दिएको छ तर हालसम्म केही सुरसार छैन ।’

३९ वटा विद्यालय रहेको उक्त पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय हो । उक्त विद्यालयमा भने भौतिक संरचना जीर्ण छ । २ वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको पधानाध्यापक देव रानाले बताए । ‘टालटुल गरेर पठनपाठन भइरहेको छ’, रानाले भने ।

जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाएको रानाले बताए । 

५ वटा ब्लकमा १२ वटा कक्षा कोठा रहेको उक्त विद्यालयमा छात्राका लागि शौचालयको उचित व्यवस्था नभएको रानाको भनाइ छ । यहाँ ७०० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त पालिकामा प्राथमिक विद्यालय १६, निमावि ३ र माध्यमिक विद्यालय ५ वटा छन्। यहाँ १४ वटा मदरसा छन् । 

६ वटा सामुदायिक विद्यालय रहेको उक्त पालिकामा १ गुरुकुल पनि सञ्चालनमा छ । माविसम्म सीमित रहेको उक्त पालिकामा आगामी शैक्षिक सत्रदेखि कक्षा- ११ को पढाइ संचालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…