Khabarpato logo

         

कला/साहित्य

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

खबरदाता

खबरदाता

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई´ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठले सङ्गीत तथा स्वर दिएका छन्।

शताब्दी पुरुष जोशीले २००१ सालमा लेखेको गीत 'माया रानीलाई' ७८ वर्षपछि रेकर्ड गरी भिडियो निर्माणको क्रममा रहँदै जोशी अस्वस्थ भएकाले गीत सार्वजनिक गर्न ढिलाइ भएको सङ्गीतकार/गायक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, 'हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेर बसेका थियौँ । तर, दुर्भाग्य ! गीत रिलिज हुन नपाउँदै उहाँको असामयिक निधन भयो । हामी स्तब्ध भयौँ । उहाँप्रति हार्दिक श्रद्धासुमन !' वाङ्मय शताब्दी पुरुषको गीतको यो पहिलो भिडियो हो ।

श्रव्य-दृश्य तयार गरेर शताब्दी पुरुष जोशीलाई देखाएपछि सार्वजनिक गर्ने एउटा सपना अधुरो रहेको गायक श्रेष्ठले दुखेसो पाेखे। राज पोखरेल र प्रकाश अर्यालको छायाङ्कनलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने हेम प्रभास अधिकारीले निर्देशन गरेका छन् । `माया रानीलाई´ गोल्डेन क्रियसनको च्यानलबाट सार्वजनिक गरिएको छ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक

'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक

काठमाडौं- साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश' र प्रमोद …

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदे…

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

कवयित्री शान्ति शर्माको कवितासंग्रह सपनाको समाधि सार्वजनिक भएको छ । शनिबार काठमाडौंम…