Khabarpato logo

         

कला/साहित्य

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

एजेन्सी

एजेन्सी

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदेव बर्मनको आज जन्मजयन्ती हो । सन् १९६०-९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनका गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले ‘पञ्चम दा’ भनेर बोलाउँथे । उनले ३०० भन्दा बढी फिल्ममा संगीत दिए । उनलाई बलिउडका सफल संगीतकार मानिन्छ ।

उनले किशोर कुमार र आशा भोसले जस्ता गायक, गायिकालाई ‘सुपरस्टार’ बनाए । आरडी गायिका आशालाई मनपराउँथे र एक दिन उनले विवाहको प्रस्ताव राखे । आशा पनि आरडीलाई मनपराउँथिन् तर विवाह प्रस्तावलाई अस्वीकार गरिन् । निकै लामो समयसम्म प्रेम र अस्वीकार चलिरह्यो र अन्ततः उनीहरू एकअर्काका भए ।

आरडीले २ विवाह गरेका थिए । पहिलो विवाह रीता पटेलसँग भएको थियो तर उनीसँग सम्बन्धविच्छेद भयो । आशाको पनि यो दोस्रो विवाह थियो । आशासँग आरडीको पहिलो भेट सन् १९७० मा भएको थियो । सम्बन्धविच्छेदपछि आरडी एक्ला थिए । यता, आशाका पति गणपतरावको पनि सन् १९६६ मा निधन भएको थियो ।

दुवै एक्लाएक्लै भए पनि सांगीतिक सहकार्य जारी थियो । ‘पिया तू ब तो आजा’ र ‘दम मारो दम’ जस्ता गीतले आशालाई लोकप्रिय बनाए । यी दुवै गीतको कम्पोज आरडीले नै गरेका थिए ।

आरडी र आशा दुवैको जिन्दगीबाट जीवनसाथी अलग भएपछिको अनुभव र पीडा करिबकरिब एउटै थियो । त्यही कारण दुवैबीचको प्रेम गहिरो थियो । आरडीले एक दिन आशालाई विवाहको प्रस्ताव गरे तर आशाले यस कुरालाई अस्वीकार गरिन् ।

आरडी उमेरमा आशाभन्दा ५ वर्ष कान्छा थिए । तर, आशाले विवाह प्रस्ताव अस्वीकार गर्नुमा उमेर कारण थिएन । उनी पतिको निधनको शोकबाट बाहिर निस्किएकी थिइनन् । तर, आरडी हार मान्ने अवस्थामा थिएनन् । जसोतसो उनले आशालाई विवाहका लागि राजी बनाए । यो काममा उनलाई लता मंगेसकरले सहयोग गरेकी थिइन् । अन्ततः उनीहरूले सन् १९८० मा विवाह गरे ।

आशा र आरडीको विवाहलाई लिएर अर्को एउटा रोचक किस्सा छ, जुन लता मंगेसकरसँग जोडिएको छ । लता सम्बन्धमा आरडीकी जेठी सासू थिइन् । आरडी लतालाई ‘दिदी’ भनेर बोलाउँथे । लताले आरडीसँग सहकार्य गर्दै धेरै सुपरहिट गीत दिए । लताले चैतन्य पादुकोणको पुस्तक ‘आरडी बरमनिया’मा आरडीसँगको सम्बन्धका बारेमा उल्लेख गरेकी छन् ।

‘जब आरडी र आशाको विवाह भयो, तब आरडीले मलाई हामी तपाईंबाट कुनै महँगो उपहार चाहँदैनौँ । यदि तपाईं दिन चाहनुहुन्छ भने मलाई एक वैवाहिक जीवनलाई सुन्दर बनाउनका लागि केके गर्नुपर्छ र केके गर्नुहुँदैन भन्ने कुराको परामर्शपत्र लेखेर दिनुहोस् भनेका थिए’, लताले भनेकी छन् । लताका अनुसार उनले दिएको त्यो पत्र आरडीले जिन्दगीभर सम्हालेर राखेका थिए ।

आरडीको ५४ वर्षको उमेरमा सन् १९९४ जनवरी ४ मा हृदयघातका कारण निधन भएको थियो ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक

'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक

काठमाडौं- साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश' र प्रमोद …

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदे…

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

कवयित्री शान्ति शर्माको कवितासंग्रह सपनाको समाधि सार्वजनिक भएको छ । शनिबार काठमाडौंम…