Khabarpato logo

         

खेलकुद

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

खबरदाता

खबरदाता

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

४ वर्षअघि सुशासन, सामूहिक निर्णय/नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’को नाराबाट कर्मा छिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा)को नेतृत्वमा आयो । यस समूहले २ दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो । 

यसपछि एन्फाको नेतृत्वमा आयो कर्मा छिरिङ र पंकजविक्रमको समूह । सामूहिक नेतृत्व र आर्थिक पारदर्शितासहित विभिन्न नारा बोकेको यो समूह आन्तरिक द्वन्द्व र स्वार्थगत राजनीतिमा डुब्दै २ समूहमा ध्रुवीकरण भयो । 

एकै समूहबाट नेतृत्वमा आएको यो टिम ४ वर्ष पनि टिक्न सकेन र अन्त्यमा एकअर्कालाई सिध्याउन लाग्यो । उपाध्यक्ष भएको १ वर्षपछि मात्र विभिन्न लडाइँका साथ वरिष्ठ उपाध्यक्ष पाएका पंकजविक्रम नै एन्फा अध्यक्षमा प्रत्यासी रहे । 

अन्त्यमा कर्माको चिरप्रतिद्वन्द्वी बन्दै पंकज एन्फामा नयाँ शक्तिको रूपमा उदाय । गत सोमबार (६ असार)मा भएको एन्फाको साधारणसभामा नेतृतव चयनका लागि भएकाे चुनावमा ६ मतले कर्मालाई पछि पार्दै एन्फाको नयाँ अध्यक्षको रूपमा पंकज निर्वाचित भए । 

कर्मा सत्तामा रहँदा नेतृत्वलाई असहयोग गर्दै आएका, नोट अफ डिसेन्ट बुझाउँदै आएका पंकजलाई अबको ४ वर्षे कार्यकालमा एन्फा हाक्न पक्कै सहज हुनेछैन । कर्माकै भाषामा असहयोग गर्दै आएका पंकजलाई गर्नुपर्ने काम र चुनौतीका ठूला चाङ छन् । 

खेलाडी-प्रशिक्षक विवाद, नेपाल सुपर लिग (एनएसएल) र असन्तुष्ट ए डिभिजन लिग क्लब विवाद, रोकिएको राष्ट्रिय लिग, नियमित र व्यवस्थित शहीद स्मारक लिग, रौतहटमा रोकिएको महिला एकेडेमी, कास्कीको भेडाबारीमा टेण्डर आह्वान गरिसकेको बहुउद्देश्यीय खेलग्राम, फिफाले एन्फालाई गरेको आर्थिक नाकाबन्दी लगायत निकै चुनौती छन् ।

यी त भए देखिने चुनौती, अझ भित्री रूपमा हेर्ने हो भने यहाँ क्लब, जिल्लाको बिग्रिएको सम्बन्ध सुधार गर्नु छ । कहिले विदेश भ्रमण त कहिले भत्ताका विषय, यसले समेत समूहबीच नै टकराव ल्याउन सक्छ । अझ एन्फामा हुने विभिन्न योजना आफ्नो र आफूअनुकूलको टेण्डर पार्न सबैभन्दा धेरै हानथाप र लडाइँ हुने गर्छ । 

एन्फाको अध्यक्ष निर्वाचित भएसँगै पंकजविक्रम नेम्वाङले कर्मा टिम पराजय नभएको र उपविजयी भएको प्रतिक्रिया दिएका थिए । यस्तै, उनले फिफाको आर्थिक प्रतिबन्ध फुकुवा गर्नु, एन्फा र जिल्लाबीच बिग्रिएको सम्बन्ध बनाउनु आफ्नो चुनौती रहेको बताएका छन् । 

‘एन्फा र जिल्लाबीचको सम्बन्ध राम्रो छैन । सबै बिग्रिएको सम्बन्धलाई एउटै मालामा एकजुट भएर सम्बन्ध बनाउनेछौँ ।  हामी अहिले फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा छौँ, त्यसलाई फिफासँग कुरा गरेर समाधान गर्नेमा लाग्छौँ', ५१ वर्षीय नेम्बाङले भनेका छन् । 

उनले एनएसएलमा केही क्लबको रिजर्भेसन रहेको र केही बुँदामा ध्यानाकर्षण भएकाले त्यसलाई छलफल गर्ने समाधान निकाल्ने बताएका छन् । 

सोमबार भएको निर्वाचनमा पंकज समूहले ‘क्लिन स्विप’ भने गर्न असफल भयो । यद्यपि, कार्यसमितिमा बहुमत भने बनाएको छ । अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, ४ मध्ये ३ उपाध्यक्ष आफ्नै समूहबाट पाएको छ । यस्तै, ६ सदस्यमा समेत पंकज समूहका नै छन् । 

अब, आफ्नो समूह र पराजित कर्मा समूहलाई मिलाएर अगाडि बढ्नु पंकजका लागि ठूलो चुनौतीको विषय छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …