Khabarpato logo

         

राजनीति

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

खबरदाता

खबरदाता

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । 

अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ । 

लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रूपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।’ 

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियन्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन/सहकार्य नरहेको समेत उजुरीमा उल्लेख छ । 

उजुरीको पूर्ण पाठ

मा. दिनेशकुमार थपलियाज्यू, प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोग नेपाल, कान्तिपथ,
काठमाडाैं । 

विषय : उजुरी दिइएको बारे

उपरोक्त विषयमा हिजो मिति २०७२ असार ७ गते विभिन्न संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचार र निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा ‘स्वतन्त्र उम्मेदवारी अभियान’को गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह÷संस्थालाई गम्भीर आघात पुगेको छ ।

संविधानमा कुनै पनि व्यक्ति, समूह र संस्थाहरू कुनै राजनैतिक पार्टीमा आबद्ध नरहेर स्वतन्त्र रहुन र निर्वाचनमा स्वतन्त्रकै रुपमा आफ्नो उम्मेदवारी दिन पाउने सार्वभौम अधिकारको व्यवस्था छ । कनै पनि व्यक्तिले राजनैतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनको दौरान राजनैतिक पार्टी प्रतिको वितृष्णा तथा निर्वाचनको मतपरिणाम र स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई आफ्नो मुठ्ठीमा कब्जा गर्ने दुषित मनसाय र कथित अवसरबादीलाई आम मतदाता, नागरिक समाज, मिडिया एवं सरोकारवालाहरूले चिन्नु अति आवश्यक छ । परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु । साथै, स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन/सहकार्य नरहेको समेत जानकारी गराउँदछु ।

इम्बर शाहु
संयोजक

स्वतन्त्र उम्मेदवारी अभियान

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…