Khabarpato logo

         

राजनीति

'एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?'

खबरदाता

खबरदाता

'एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?'

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)लाई पत्र लेखेको बारेमा आफू जानकार नभएको बताएका छन् । 

भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएलगत्तै शुक्रबार संसद्‌काे अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षामन्त्री पोखरेलले सो पत्र लेखिएको बारेमा त्यसबेला आफूलाई जानकार नभएको बताएका हुन् । 

‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय (एसपीपी) निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो । खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो’, पोखरेलले बैठकमा प्रश्न गरे, ‘एसपीपीबारे सेनाले (त्यसबेला) सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जबाफ सेनालाई पठाउनेचाहिँ ? यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपीपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए । सो विषयमा आफूलाई विवादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो । 

उपाध्यक्ष पोखरेलले पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनुपर्नेमा पनि जोड गरेका छन् । ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थ बाहिर ल्याउनुपर्छ’, उनको माग छ ।

अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा पराराष्ट्रमन्त्री नारायण खड्काले ‘एसपीपीको च्याप्टर क्लोज’ भइसकेको र प्रधानसेनापति शर्माले एसपीपीको सैन्य सैन्य गठबन्धनलाई नेपाली सेनाले स्वीकार नगर्ने जनाए पनि पोखरेले ‘आन्तरिक कुराहरू मोडिन सक्छन्’ भन्दै पोखरलले थप आशंका गर्न भने छुटाएनन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…