Khabarpato logo

कला/साहित्य

‘आमिर भारतको जेम्स क्यामरुन’

एजेन्सी

एजेन्सी

‘आमिर भारतको जेम्स क्यामरुन’

बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन् । उनको लोकप्रिय भारतमा मात्र होइन, सारा विश्वमा छ । आमिर चीनमा पनि ‘सुपरस्टार’ छन् । उनको सन् २०१६ को फिल्म ‘दंगल’ र सन् २०१७ को ‘सेक्रेट सुपरस्टार’ले चीनमा ब्लकबस्टर व्यापार गरेको थियो ।

‘दंगल’ले चिनियाँ बक्सअफिसमा झण्डै हजार करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । पश्चिमा मुलुकमा उनको लोकप्रियता उत्तिकै छ । धेरै हलिउड स्टारले उनका फिल्म हेरिसकेका छन् ।

हलिउड अभिनेता टम हेङ्क पनि आमिरका फ्यान हुन् । सन् २०१४-२०१५ ताका आमिरले जर्मनीमा टमलाई भेटेका थिए । आमिरका अनुसार उनी हलिउडका लोकप्रिय अभिनेता स्टिभन स्पिलबर्गलाई भेट्न जर्मनी पुगेका थिए । उनी स्टेभनमार्फत ‘फरेष्ट गम्प’का निर्देशक रोबर्ट जेमेकिसलाई भेट्न त्यहाँ गएका थिए । आमिर ‘फरेष्ट गम्प’को हिन्दी रिमेक बनाउन चाहन्थे । तर, रोबर्टले आमिरको प्रस्तावलाई अस्वीकार गरे ।

रोबर्टले आफ्नो कुरा नसुनेपछि आमिरले स्टेभनलाई पुनः भेटे । त्यो समयमा स्टेभन ‘ब्रिज अफ स्पाइज’को सुटिङ गरिरहेका थिए, जुन फिल्ममा टम प्रमुख अभिनेता थिए । स्पिलवर्गको रोबर्टसँग राम्रो सम्बन्ध भएको थाहा पाएपछि आमिरले ‘फरेस्ट गम्प’का लागि स्टिभनले रोबर्टलाई ‘कन्भिन्स’ गर्न सक्नेमा ढुक्क भए ।

त्यसपछि आमिर ‘ब्रिज अफ स्पाइज’को सुटिङ सेटमा पुगे, जहाँ उनको भेट स्टेभनसँगै टमसँग पनि भयो । त्यहाँ स्टेभनले टमलाई ‘आमिर भारतको जेम्स क्यामरुन’ भनी चिनाएका थिए । हलिउडमा जेम्सले आफ्नो बक्स अफिसको रेकर्ड तोडेजस्तै आमिरले पनि भारतमा आफ्नो रेकर्ड तोड्ने गरेको पनि स्टेभनले व्याख्या गरेका थिए । यही कुराकानीमा टमले आफूले आमिरलाई चिन्ने गरेको बताएका थिए । उनले आमिरको फिल्म ‘थ्री इडियट्स’ ३ पटकभन्दा बढी हेरेको खुलाएका थिए ।

त्यसपछि आमिरले स्टिभनसँग रोबर्टलाई भेट्न चाहेको कारण खुलाए । स्टेभनले रोबर्ट र आफ्नो सम्बन्ध बाबु-छोराको जस्तै भएको बताइरहँदा आमिरले आफूलाई रोबर्टले भेट्न अस्वीकार गरिरहेको सुनाए । निरन्तर प्रयासपछि आमिर फिल्मको हिन्दी रिमेक अधिकार लिन सफल भए । त्यही नामलाई उनले हिन्दी भर्सनमा ‘लाल सिंह चड्डा’ बनाएका छन् । सन् २०२२ को प्रतीक्षित यो फिल्म ११ अगस्टमा रिलिज हुँदै छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि