Khabarpato logo

         

अपराध

अपराधको पराकाष्ठा: क्रूर लोग्नेले मलद्वारबाट लौरो घुसाएपछि...

खबरदाता

खबरदाता

अपराधको पराकाष्ठा: क्रूर लोग्नेले मलद्वारबाट लौरो घुसाएपछि...
  • प्रतिमा सिलवाल

भरतपुर अस्पतालको सर्जिकल वार्डको बेड नम्बर ५२ मा एउटी अधवैँसे महिला छटपट गरिरहेकी छन् । हातमा डाक्टरले मगाएको ९ थरी औषधिको स्लिप बोकेर एउटी महिला यताउता गरिरहेकी थिइन् । अरू २ महिला र १ पुरुष पनि के गर्ने के नगर्ने भावमा थिए ।

नर्स आइन् । सोधिन्, ‘औषधि ल्याउनुभयो ?’

ती महिलाले आफ्नो हातमा हेरिन् अनि भनिन्, ‘पैसा छैन, कसरी ल्याउने औषधि ?’

यो अवस्था बिहीबार साँझ श्रीमान्‌ले मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि सख्त घाइते भएकी गीता माझीको हो । उनकी देउरानी उमा माझी हातमा औषधिको स्लिप बोकेर यताउति गरिरहेकी थिइन् ।

बिहीबार बेलुका घरमा खाना खाने क्रममा श्रीमान्‌ले निर्घात कुटेर पनि नपुगेपछि उनको मलद्वारमा आगो बाल्न अँगेना छेवैमा भएको दाउरा घुसाइदिएका थिए ।

पीडाले गीता चिच्याएपछि छिमेकीले चाल पाए । वरपर भेला भए । त्यसपछि घरको ढोका खोलेर गीताका श्रीमान् रामचन्द्रले उनलाई आँगनमा फालिदिए ।

गीताकी छिमेकी तथा स्थानीय जनप्रतिनिधि ज्ञान्ती पाशवानले घटनाबारे विस्तृतमा भनिन्, ‘गीता चिच्याएको सुनेपछि हामी आइपुग्यौँ अनि रामचन्द्रले ढोका खोलेर निस्किनेबित्तिकै गीतालाई आँगनमा फालिदियो । मैले नै च्याप्प समातेँ । लाइट बालेर गुप्ताङ्ग हेरेँ । रगत थामिसक्नु थिएन । मासुको डल्लो नै बाहिर निस्किएको रहेछ । मैले नै टालो लगाएर त्यो मासुको डल्लो अलिकति भित्र घुसाइदिएँ । सबै गाउँले मिलेर रामचन्द्रलाई बाँधेर राख्यौँ अनि पुलिस बोलाएर पठाइदियौँ । उनलाई चाहिँ एम्बुलेन्स बोलाएर हामीले लिएर अस्पताल आयौँ ।’

गीतालाई रामचन्द्रले कुटपिट गरेको बिहीबार पहिलो घटना भने होइन । उनीहरू सुकुम्बासी हुन् । बिहान-बेलुकाको मजदुरीले जीवन निर्वाह गर्ने गरेका छन् । ३ वटी छोरीमध्ये एउटीको विवाह भयो । बाँकी २ वटी पनि आफैँ काम गरेर आफ्नो जीवन चलाउँछन् ।

गीता र रामचन्द्र बस्दै आएका खैरहनी- १० की वडा सदस्य ज्ञान्तीले अझ थपिन्, ‘दिनभर गीता मजदुरी गरेर आउँथिन्, लोग्नेचाहिँ उनैले कमाएकोमा मोज गर्थ्यो अनि कताकता जान्छे भन्दै शंका गर्थ्यो ।’

ज्ञान्तीकै अनुसार हरेक दिन गीताको कुटपिटबाट अनुहार सुन्निएको हुन्थ्यो । कति पटक त आफूले घर गएर रामचन्द्रलाई श्रीमती नकुट्न दबाब दिँदै १-२ झापडसमेत लगाउने गरेको उनले बताइन् । गीता भने श्रीमान् छाड्न सक्दिनन् ।

बिहीबार पनि श्रीमान्-श्रीमती दिनभर सँगै थिए । दिउँसो सँगै माछा मार्न गए । गीताकी देउरानी उमा माझीका अनुसार बेलुका उनी पसल जाँदा गीताका दम्पतीले त्यही पसलबाट १ किलो चामल र आधा किलो मासु पनि किनेका थिए । तर, त्यो मासुभात खान भ्याए कि भ्याएनन् थाहा छैन । श्रीमतीसँग कमाएको पैसा माग्दा उनले नदिएपछि झगडा सुरु भएको अनुमान छ ।

आज कमाएको आजै सक्ने गीतासँग उपचारका लागि रकम छैन । भरतपुर अस्पताल आउनेबित्तिकै अस्पतालको बिपन्नको सहायताका लागि सामाजिक सेवा इकाइको सिफारिसमा उनको प्रारम्भिक उपचार गरिएको थियो ।

यद्यपि, हिंसाबाट प्रभावित महिलाका सेवाका लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)ले गीताको निःशुल्क उपचार गरिदिनुपर्ने कानुनी व्यवस्था छ । भरतपुर अस्पतालमा पनि ओसीएमसी सेवा छ । तर, उक्त ओसीएमसी हेर्ने इकाइले बिहीबार दिउँसो ३ बजेसम्म पनि उनका बारेमा रेकर्डसमेत राखेको थिएन ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई औषधि खरिदमा ओसीएमसीको समन्वय किन भएन ? भनेर प्रश्न गरेपछि उनले ओसीएमसीको प्रक्रियाबाट उनको सम्पूर्ण उपचार नि:शुल्क हुनेगरी प्रक्रिया थालिहाल्ने बताए ।

लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ । उनको उपचारमा संलग्न डा. दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको ४ तह च्यातिएको छ । कम्मरको हड्डी भाँच्चिएको छ ।

घाउको संक्रमण रोकिएपछि जतिसक्दो चाँडो शल्यक्रिया गरेर उनको उपचार गर्ने तयारी भएको डाक्टर न्यौपानेले बताए । उपचारपछि पनि गीतालाई दिसा-पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्यालगायतका स्वास्थ्य जटिलता रहने उनले बताए ।

यता, जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हिरासतमा रहेका गीताका श्रीमान् ४० वर्षका रामचन्द्रलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जानकारी दिएको छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…