Khabarpato logo

         

राजनीति

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

खबरदाता

खबरदाता

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द गरिएकाे छ । मोदीको सुरक्षालाई लिएर स्थानीय प्रशासनले पसल व्यवसाय बन्द गराएकाे हो ।

माेदी बिहान साढे १० बजे कुशीनगर हुँदै लुम्बिनी आएका हुन् । लुम्बिनीको पर्सा चोकमा पुस्तक पसल संचालन गरिरहेका अनिश अहमदले आइतबार दिउँसो पनि केहीबेर व्यवसाय बन्द गर्न प्रशासनले दबाब दिएको बताए । उनका अनुसार आज सोमबार भने बिहानैदेखि पसल खोल्न प्रशासनले रोक लगाएको छ । उनले भने, ‘हिजो (आइतबार) पूर्वअभ्यास भन्दै बिहान १० बजेदेखि १ बजेसम्म यहाँका पसल खोल्न दिइएन । आज त बिहानैदेखि कसैले पनि व्यवसाय खोल्न पाएनन् ।’

लुम्बिनीको मुख्य व्यावसायिक केन्द्र पर्सा चोकमा रहेका पसल व्यवसायहरू सोमबार बिहानैदेखि खुलेका छैनन् । ठूला व्यावसायिक प्रतिष्ठानहरूदेखि साना ठेला गाडाहरूमा किनबेच ठप्प भएको छ ।

लुम्बिनीमा बौद्ध पूर्णिमाका दिन पर्यटक आगमन धेरै हुने हुँदा व्यवसायीहरू सधैँ उत्साहित रहन्थे । तर, यस पटक भने मोदी आउने भएपछि विशिष्ट सवारीलाई सुरक्षाको कारण देखाउँदै पसल खोल्न नदिएपछि व्यवसायीहरू निरास भएका छन् ।

लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन्, ‘बौद्ध पूर्णिमामा यहाँका स्थानीयका लागि मात्र होइन, व्यवसायीका लागि पनि उत्सवको दिन हो । पर्यटकको आवागमनले अघिपछि चलायमान भइरहेको व्यवसाय बौद्ध पूर्णिमाकै दिन ठप्प भएको छ । व्यवसायीहरू निराश छन् ।’

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराज कार्कीका भनाइमा मोदीको आगमनका लागि सुरक्षाको प्रबन्धअनुसार व्यवसायहरू बन्द गरिएका हुन् । उनी भन्छन्, ‘भीआईपी सवारीका लागि सुरक्षा मिलाउने क्रममा भिडभाड नहोस् भन्नका लागि व्यवसाय बन्द गरिएका हुन् ।’

लुम्बिनीसँग स्थानीयलाई जोड्न नसकेको भन्दै समयसमयमा आलोचना हुने गरेको छ । वर्षौंदेखि बौद्ध पूर्णिमा मनाइरहेका स्थानीयका लागि मोदीको भ्रमणले खासै उत्साहित बनाएको छैन ।

‘लुम्बिनीभित्र के हुन्छ भन्ने कुराले हामी बाहिरकालाई खासै मतलब हुँदैन', एक व्यवसायी भन्छन्, ‘तर, नयाँ वर्ष, बौद्ध पूर्णिमामा यहाँका स्थानीय व्यवसायीहरू उत्साहित हुने गर्थे । यस पटक बिहानैदेखि पसल बन्द गरेर बस्नुपरेको छ ।’

पर्सा चोक वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…