Khabarpato logo

         

राजनीति

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

खबरदाता

खबरदाता

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । श्रेष्ठले ४ हजार ९५० मत पाएका छन् । रानाले ४ हजार २३२ मत पाइन् । 

म्याग्देमा १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अघिल्लो पटक पनि म्याग्देको अध्यक्षमा यिनै २ जनाको चुनावी भिडन्त भएको हो । नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएकी राना दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित हुने दाउमा थिइन् । तर, अपेक्षाकृत नतिजा हासिल नहुँदा उनको यात्रामा ५ वर्षका लागि 'ब्रेक' लागेको छ । 

गएको निर्वाचनमा म्याग्दे गाउँपालिकामा पनि कांग्रेसको दबदबा थियो । अध्यक्षमा मायादेवी रानाले ४ हजार ५४२ ल्याउँदै १ हजार ८१ मतान्तरले एमालेका श्रीप्रसाद श्रेष्ठलाई पराजित गरेकी थिइन् । यसपालिका श्रेष्ठले हारको बदला लिँदै जित दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ५ हजार ३९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्नादेवी घिमिरेले ४ हजार २०० मत पाइन् । अघिल्लो पटक पनि यिनै २ जनाको भिडन्त थियो । तर, दुवै पटक नतिजा बालकृष्णको पोल्टामा परेको छ । गएको निर्वाचनमा बालकृष्णले ४ हजार र रत्नादेवीले ३ हजार १५४ मत पाएका थिए ।

यसपालि म्याग्देमा एमालेले वडामा पनि नतिजा सुधार गरेको छ । वडा नम्बर १, ३ र ७ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २,४,५, ६ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडा- १ को अध्यक्षमा मणिभद्र वाग्ले,  २ मा शिवबहादुर क्षेत्री, ३ मा टुकराज अधिकारी, ४ मा दीपककुमार श्रेष्ठ, ५ मा शिवबहादुर आले, ६ मा हिरालाल गुरुङ र ७ मा वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । अघिल्लो पटक म्याग्देको वडा- २ र ६ मा  एमालेले वडाध्यक्षमा जित हासिल गरेको थियो ।

ताजा

सबै

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषय…

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्…

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्र…

जी–७ समूहको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनल…

लोकप्रिय

सबै

सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकलेप्रतिकित्ता १हजार…

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन…

एकीकृत समाजवादीमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै, १० सांसदले बुझाए ८ बुँदे पत्र

नेकपा (एकीकृत समाजवादी)मा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । स्तथानीय हको…

महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल

वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्दहुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहि…

यो पनि

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषय…

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्…

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्र…

नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद्को बैठक आ…