Khabarpato logo

         

पर्यटन

पर्यटकको सुविधाका लागि सटल बस सेवा

खबरदाता

खबरदाता

पर्यटकको सुविधाका लागि सटल बस सेवा

निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बस सेवा संचालन गर्ने भएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने असुविधालाई ध्यानमा राखेर सटल बस संचालन गर्न लागेको हो ।

बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिस्ट बस एसोसिएसन अफ नेपाल र नेपाल टुरिस्ट भेहिकल एसोसिएसनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस संचालन गर्न लागेको हो ।

बोर्डले रुट नं. १ मा  विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शंकर होटल हुँदै विमानस्थलसम्म, रुट नं. २ मा विमानस्थलदेखि होटल र्‍याडिसन, होटल साङ्ग्रिला, नारायणगोपाल चोक, महाराजगंज चोक, ह्यात होटल, चाबहिल हुँदै विमानस्थलसम्म कायम गरेको छ ।

यस्तै, रुट नं. ३ मा विमानस्थलदेखि तीनकुने चोक, होटल एभरेस्ट, माइतीघर चोक, होटल हिमालयन, होटल सोल्टी, ग्राण्ड होटल हुँदै विमानस्थलसम्म रहेको छ । सटल बस सेवा गरेबापत पर्यटकले सम्बन्धित बसधनीलाई ३०० रुपैयाँ बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

विमानस्थल सुधारमा मन्त्री किरातीको चासो

विमानस्थल सुधारमा मन्त्री किरातीको चासो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरबारमा संस्कृति, पर्यटन तथा न…

पर्यटकको सुविधाका लागि सटल बस सेवा

पर्यटकको सुविधाका लागि सटल बस सेवा

निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बस सेवा संचालन गर्न…

यी ७ विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

यी ७ विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

आजदेखि थप ७ वटा विमानस्थल दैनिक १८ घण्टा संचालनमा आउने भएका छन् । नेपाल नागरिक उड्ड…