Khabarpato logo

खेलकुद

जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

खबरदाता

खबरदाता

जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’लाई नेपालले १३७ रनको सामान्य  लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍याे ।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले २ चौका र १ छक्का प्रहार गरे । 

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

गत साता शनिबार नै नेपाल र जिम्बाब्वेबीचको ३ एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर, लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन । 

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला ३ टी- २० शृंखला आयोजना गरेको थियो ।

३ टी- २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिकाअनुसार शुक्रबारदेखि ३ एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।

ताजा

सबै

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द ग…

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । …

देउवा र मोदीले गरे ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिय…

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

लोकप्रिय

यो पनि

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

लिभरपुलले हरायो एस्टन भिल्लालाई

लिभरपुलले हरायो एस्टन भिल्लालाई

१ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भ…

३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपाल भ्रमणमा रहेको जिम्बाब्वे 'ए' र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसी…

जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य

एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बेएलाईनेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्…