Khabarpato logo

         

पर्यटन

७० देशका ७३८ जनाले लिए नेपालका हिमाल आरोहणको अनुमति

खबरदाता

खबरदाता

७० देशका ७३८ जनाले लिए नेपालका हिमाल आरोहणको अनुमति

यस वर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरूलाई आरोहणको अनुमति दिएको हो । 

विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् । 

यस वर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि हालसम्म २६२ जनाले अनुमति लिइसकेका छन् ।  

हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी रहेका छन् । विभागका अनुहार हालसम्म ११७ जना अमेरिकीले हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । 

यस्तै, बेलायतबाट ७४, नेपालबाट ५५ जना, भारतबाट ५५ जना, फ्रान्सबाट ५० जना, क्यानडाबाट २८, रुसबाट २५, अस्ट्रेलियाबाट २४, इरानबाट १८, जापनबाट १२, आयरल्याण्डबाट १०, नेदरल्याण्ड्सबाट १४, नर्वेबाट १२, दक्षिण कोरियाबाट १४, रोमानियाबाट ११ र युक्रेनबाट १ जनाले यसवर्ष हिमाल आरोहणको लागि अनुमति लिएका छन् । 

एन्डोरा, अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, चिली, चीन, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इजिप्ट, एल साल्भाडो, फिनल्याण्ड, जर्जिया, जर्मनी, ग्रिस, होण्डुरस, हङकङ, इराक, आयरल्याण्ड, इजरायल, इटाली, कजाकास्तान, केन्या, लिथुवानिया, मलेसिया, मेक्सिको, मंगोलिया, मोरोक्को, न्युजिल्याण्ड, ओमान, पाकिस्तान, पेरु, पोल्याण्ड, पोर्चुगल, कतार, कोसोभो, मेसेडोनिया, रोमानिया, साउदी अरब, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वाजिल्याण्ड, स्विडेन, स्विट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, उरुग्वे, भियतनामलगायतका देशका नागरिकले पनि हिमाल आरोहणका लागि अनुमति लिएका छन् । 

हिमाल आरोहणका लागि अनुमति दिने क्रममा हालसम्म ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहण गर्नेहरूबाट मात्र ३३ करोड २१ लाख १४ हजार १०० रुपैयाँ राजस्व उठेको छ । 

विभागका अनुसार यस वर्ष हिमाल आरोहण गर्न अनुमति लिनेमध्ये ५८३ जना पुरुष र १५५ जना महिला छन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…

Park commemorating Kirat culture built at Hatuwagadhi

Park commemorating Kirat culture built at Hatuwagadhi

A project to build a memorial park at Hatuwagadhi rural municipality in Bhojpur…

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्दै हिँड्ने गरेका बेलाम…