Khabarpato logo

         

कला/साहित्य

आरआरआर शो सोल्ड हुने सम्भावना

एजेन्सी

एजेन्सी

आरआरआर शो सोल्ड हुने सम्भावना

बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । 

फिल्मको अग्रिम बुकिङ सोमबार नै खुलेको छ । यति छिटो कुनै फिल्मको बुकिङ नेपालमा खुलेको यो पहिलो हुन क्छ । प्रायः बुधबार बुकिङ खोलिने भए पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल संचालकहरू दर्शकमाझ प्रतीक्षित रहेको फिल्महरू प्रायः छिट्टै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकट बुकिङमै खरिद गर्नुपर्ने हुन्छ । 

टिकट नै खरिद गर्नुपर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरूमा शोहरू शुक्रबार अगाडि नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको बानी लगाउने निर्देशक राजमौलीकै फिल्म ‘आरआरआर’ रिलिज हुने भएकाले पनि नेपालमा यसको क्रेज बढेको हो ।

टुडी र थ्रीडी प्रविधिमा रिलिज हुने फिल्मले क्यूएफएक्सअन्तर्गत लबिम मलमा ८ शो, सिभिल मलमा ४ शो, ठमेलमा रहेको छाया सेन्टरमा ७ शो, क्यूएफएक्स भक्तपुरमा ८ शो थ्रीडीमा पाएको हो । 

क्यूएफएक्सअन्तर्गतकै मोफसलमा रहेको थिएटरमा पनि यसले राम्रो शो पाएको छ । क्यूएफएक्सको विराटनगरमा ५ शो, क्यूएफएक्स बुटवलमा ४ शो, क्यूएफएक्स जालमा नारायणघाटमा ४ शो, क्यूएफएक्स विर्तामोडमा ४ शो, क्यूएफएक्स दमौली ३ शो पाएको छ ।

यस्तै, टुडी प्रविधिमा क्यूएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी फिल्मलाई ५ शो, क्यूएफएक्सकै बुटवलमा रहेको हलमा ४ शो,  विर्तामोडको वान स्टप सिनेमाजमा पनि यसले ४ शो पाएको छ । क्यूएफएक्सअन्तर्गतको भक्तपुरमा २, छाया सेन्टर ठमेलमा २ र लबिम मलमा १ शो पाएको छ । 

राजधानीमा रहेका अन्य मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले यो समाचार तयार पार्दासम्म शो पब्लिस गरेको छैन । दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बीएसआर मुभिजमा ५ शो, सुन्धारास्थित सीटीसी मलमा रहेको सिने डी सेफमा ७ शो, बानेश्वरस्थित आई प्लेक्समा रहेको वान सिनेमाजमा ७ शो, आईएनआई सिनेमाअन्तर्गत लोत्से मलमा ८ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो छन् ।

फिल्म नेपालमा ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । कम्पनीले जनाएअनुसार फिल्म १२१ भन्दा बढी पर्दामा शो हुनेछ । कम्पनीका वितरण प्रमुख नवीन शाक्यले शो आजभोलिमा अझै बढ्ने बताए । ‘फिल्मको लम्बाइ ३ घन्टा रहेकाले पनि केही शो घटेका छन् । यद्यपि, आउँदो शुक्रबारसम्म शो बढ्नेछ, किनकि सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन्’, नवीनले भने ।

लागत ४०० करोडभन्दा बढी भएका कारण पनि आरआरआर चर्चामा छ ।  निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका २ स्टार जुनियर एन्टीआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छन् । यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…