Khabarpato logo

कला/साहित्य

३० हजार अस्ट्रेलियाली डलरमा 'चिसो एस्ट्रे' प्रदर्शन अधिकार

खबरदाता

खबरदाता

३० हजार अस्ट्रेलियाली डलरमा 'चिसो एस्ट्रे' प्रदर्शन अधिकार

फिल्म ‘चिसो एस्ट्रे’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । 

कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियाली डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिए । 

अहिलेको चलिरहेको अस्ट्रेलियाली डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो २७ लाख रुपैयाँ बराबर हुन आउँछ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

‘अस्ट्रेलियामा निरन्तर कार्यक्रम गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ’, निर्माता महेशले भने, ‘लामो समयपछि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अस्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’

‘चिसो एस्ट्रे’ले बाँकी नेपाली फिल्मले भन्दा बढी पैसा पाएको हो । चलेका तथा राम्रा मानिएको ब्यानरले पनि यसअघि बढीमा २० लाख रुपैयाँसम्म पाएका थिए । निर्माता महेशबाबुले आफूहरूको आधार क्षेत्र अस्ट्रेलिया नै रहेकाले पनि उठाउने आत्मविश्वासका साथ कमेरोले लगानी गरेको हुन सक्ने बताए ।

‘फिल्म निर्माण कम्पनी कंगारु क्रिएसनको अर्को संस्था कंगारु एजुकेसन फाउन्डेसनको अस्ट्रेलियाको सिड्नीबाहेक एडिलेड र तास्मानियामा पनि आफ्नै अफिस छन् । फाउन्डेसनमार्फत अस्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई फिल्म देखाउने हाम्रो लक्ष्य छ’, महेशबाबुले भने, ‘त्यसबाहेक हामी सबटाइटल गरेर त्यहाँका हलमा पनि फिल्म लगाउँदै छौँ । यो सबै हिसाब गरेर फिल्मको अधिकार बेचिएको हो ।’

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिकीकरणपछि राम्रो चर्चा पाइरहेको छ । फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपी शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको बताइएको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् । फिल्मका सहनिर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे, रवीन तामाङ आदि कलाकारको अभिनय छ । फिल्म ४ चैत अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदै छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि