Khabarpato logo

         

शिक्षा

९ वैशाखदेखि एसईई परीक्षा (तालिकासहित)

खबरदाता

खबरदाता

९ वैशाखदेखि एसईई परीक्षा (तालिकासहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई आगामी ९ वैशाख बिहान ८ बजेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसईई परीक्षा ९ वैशाखदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने परीक्षा आगामी २० वैशाखसम्म संचालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।

११ वैशाख आइतबार अनिवार्य गणित, १२ गते सोमबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । १३ वैशाख मंगलबार अनिवार्य विज्ञान र वेद विद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ । १४ वैशाखमा अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, माकेर्टिङ, इञ्जिनियरिङ, ड्रइङ, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।

यसैगरी १५ वैशाखमा अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेद विद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछन् भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेइङको परीक्षा हुनेछ ।

त्यस्तै, १६ वैशाखमा साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेद विद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ भने १७ वैशाख १७ शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेद विद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

१८ वैशाखमा प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एण्ड म्यानेजमेन्ट, इलोक्ट्रोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनियरिङको परीक्षा हुनेछ । १९ वैशाखमा प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इञ्जिनियरिङ, म्युजिक विजनेस एण्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ ।

अन्तिम दिन २० वैशाखमा प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याबोरेटरी टेक्निक, इन्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ, इष्टिमेटिङ, कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको शर्माले जानकारी दिए । यस वर्षको परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ ।

परीक्षाको तालिका भने बोर्डले भोलि बिहान सार्वजनिक गर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण विगत २ वर्ष एसईईको आन्तरिक मूल्यांकन गरेको र त्यसअघिका एसईई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी परीक्षा संचालन गर्ने निर्णय गरेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…